शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • भारतमा रिजेक्ट भएको चिनी सुदूरपश्चिमका बजारमा छ्याप छ्याप्ती

भारतमा रिजेक्ट भएको चिनी सुदूरपश्चिमका बजारमा छ्याप छ्याप्ती

  • शुक्रबार, कार्तिक १, २०७६
भारतमा रिजेक्ट भएको चिनी सुदूरपश्चिमका बजारमा छ्याप छ्याप्ती

सुदूरपश्चिममा अवैध चिनीको आयात रोक्न  नसक्दा वार्षिक ५३ करोड राजस्व गुमिरहेका बेला गुणस्तर परिक्षण बिना खुलेआम बिक्रि भईरहेको चिनीले मानव स्वास्थ्यमा समेत असर पारिरहेको हो। भारतसंग सीमा जोडिएका कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट दैनिक एक हजार क्वीन्टल चिनी भित्रिरहेको छ। दुवै जिल्लाका चोरी नाकाबाट तस्करी गरी ल्याईने चिनीले नै स्थानीय माग धानिरहेका बेला त्यसले मानव स्वास्थ्यमा पनि असर पारिरहेको हो।

उक्त चिनी भारतमा गुणस्तर नभएको भन्दै रिजेक्ट गरिसकेपछि मात्र नेपाल आउने गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका सहायक महाप्रबन्धक केशवराज पाण्डेले भारतबाट अवैध रुपमा भित्रिने चिनी गुणस्तरहिन हुने बताए। उनले भारतमा मिलले रिजेक्ट गरेका चिनीहरु तस्करी भएर आउने गरेको उल्लेख गर्दै त्यसले मानव स्वास्थ्यमा समेत असर पारिरहेको जनाए।

चिनीलाई आकर्षक देखाउन सल्फर हेक्साफ्लोराईड लगायतका विभिन्न खालका तत्वहरु प्रयोग गरिदै आएको छ। ती तत्वहरुको मात्रा अत्यधिक भएमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने भन्दै परिक्षण गरी खान योग्य चिनी मात्र बजारमा पठाउने प्रचलन रहेको छ। भारतबाट आायत हुने चिनीको पनि नेपालमा गुणस्तर मापन गरिदै आएको छ।

चिनिमा अत्यधिक हुने सल्फर हेक्साफ्लोराईडले नसा, पेट सम्बन्धीका रोगको संक्रमण हुने भन्दै सरकारले  प्रतिकिलोमा ७० मिलीग्राम भन्दा धेरै सल्फरको मात्र भएको चिनी खान योग्य नहुने भनेको छ। खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी दिपक कुँवरले प्रतिकिलो चिनीमा ७० मिलीग्राम भन्दा सल्फरको मात्रा बढि भए स्वास्थ्यका लागि प्रतिकुल मानिने बताए।

तर सुदूरपश्चिममा तस्करी भएर आउने चिनी एकातीर भारतमा रिजेक्ट भईसकेको चिनी हो भने नेपालमा कतै गुणस्तर परिक्षण नभएरै बिक्रि भईरहेको छ। सुदूरपश्चिममा बजार मागको ८० प्रतिशत तस्करीकै चिनीले धानेको पनि आकलन गरिदै आएको छ। नियमनकारी निकायले खुल्ला सीमा नाका नै तस्करी नियन्त्रणमा बाधक बनेको रेडिमेट जवाफ दिदै आएका छन्।

कैलाली भन्सारका भन्सार अधिकृत तथा सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले खुला सीमा नाकाका कारण अवैध रुपमा भित्रिने चिनीको तस्करी नियन्त्रण गर्न नसकेको बताए। ‘तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको गस्ती टोलीले बेला बेला भारतबाट अवैध रुपमा भित्रिने चिनी बरामद गर्दै आएको छ,’ उनले भने। तस्करहरुले भने सीमा क्षेत्रमा तस्करीको चिनीका गोदाम नै खडा गरी कारोबार गर्दा समेत भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेको आरोप पनि लाग्दै आएको छ। तैपनी उनीहरु नियन्त्रणमा लागिरहेको दावी गर्दै आएका छन्।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार