
९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ परेका छन्। प्रहरीले कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्री रहेका छन्।
उनीहरूका साथबाट ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।


