बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरोले सिंगो गाँउ जोखिममा,स्थानीय त्रसित

गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरोले सिंगो गाँउ जोखिममा,स्थानीय त्रसित

  • बिहिबार, साउन २३, २०७६
गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरोले सिंगो गाँउ जोखिममा,स्थानीय त्रसित

रमित विक
साउन,२३ बाजुरा
गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँमा पहिरो आएको छ । आईतबार बेलुकी आएको पहिरोका कारण सिंगो गाउँ नै जोखिममा परेको छ । घर माथिबाट आएको पहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।
केहीँ दिन पहिला गौमुल गाउँपालिका–६ बसाला शान्तिटोलमा पहिरोका कारण आमा छोरीको मृत्यू भएको खबर सिलाउन नपाउँदै पुःन सोही गाउँपालिकाको एक नम्बर वडामा समेत पहिरोले स्थानीयलाई त्रसित बनाएको छ । आईतबार राति करिव १ बजेको समयमा घरमाथिबाट आएको पहिरोका कारण स्थानीय विस्तापित हुने अवस्थामा पुगेको स्थानीय धन बहादुर बोहराले बताएका छन् ।
सोही गाउँपालिकामा भएको ठुला घट्ना सेलाउँन नपाउँदै गाउँ माथिबाट पहिरो बग्न थालेपछि स्थानीय बढी त्रसित बनेको उनले बताएका छन् । घरमाथिबाट पहिरो बगेको छ,अन्यन्त्र बस्ने कतै ठाउँ छैन् तरपनि स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने पहल गरिरहेको वडा सदस्य हर्क बोहराले बताएका छन् ।
सबैलाई सजक गराएका छौँ । गाउँको माथिबाटै पहिरो खसिरहेको छ,पहिरोले उग्र रुप लिए ठुला समस्या ल्याउने आउन सक्ने उनले बताएका छन् । स्थानीय सबैलाई सुरक्षित स्थानतर्फ स्थान्तरण गर्ने लागि आफुहरु लागिरहेको बताएका छन् ।
यता गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा सहितको टोली पहिरोका अवस्था बुझ्न विकट गाउँ अन्द्राडी नै पुग्नुभएको छ । पहिरोको अवस्था र तत्काल गर्ने सकिने व्यवस्थापनका बारेमा बुझन् उनी गाउँ पुगेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार