बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • १० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित

१० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित

  • शनिबार, साउन ११, २०७६
१० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित

मिशेलले भनेकी छन्- रुससहित सिरिया सरकार समर्थक देशका सेनाले गरेको हवाई हमलाबाट अस्पताल, विद्यालय र बजारमा ठूलो क्षति पुगेको छ । यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय जगत मौन बसेको देखेर अचम्म लागेको छ ।

उनले भनेकी छन्, ‘जानीजानी आम सर्वसाधारणलाई आक्रमण गर्नु युद्ध अपराध हो । जसले आक्रमण गर्न आदेश दिए र आक्रमण गरे, यो अपराधको मुख्य तिनै जिम्मेवार हुन् ।’

विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा युद्धको प्रभाव बढी परेको छ । झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन् । विगत आठ वर्षदेखि सिरियामा गृहयुद्ध जारी छ । यस क्षेत्रमा विद्रोहीको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गरेका छन् । उनी यसअघि अलकायदामा आवद्ध थिए । इदलिब शहरका साथै उत्तरी हमा र पश्चिमी अलेप्पो विद्रोहीहरुका अन्तिम गढ हुन् । गत सेप्टेम्बरमा रुस र टर्कीको नेतृवमा भएको शान्ति सम्झौताअनुसार यी क्षेत्रमा पनि आक्रमण नगर्ने सहमति भएको थियो । शान्ति सम्झौताबाट २७ लाख मानिसहरुले राहत महसुस गरेका थिए । तर २९ अप्रिलदेखि हिंसा भड्किएपछि ३५० जना आम सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले शुक्रबार दिएको जानकारीअनुसार गत अप्रिलको अन्त्यदेखि अहिलेसम्म चार लाखभन्दा बढी सिरियाली नागरिक विस्थापित भएका छन् । आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए । १० दिनको अवधिमा १०३ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्ने क्रम जारी छ ।

चर्चामा

सम्बन्धित समाचार