शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • ‘सुदूरपश्चिम सम्भावनाको प्रदेश’

‘सुदूरपश्चिम सम्भावनाको प्रदेश’

  • बिहिबार, फाल्गुन २, २०७५
‘सुदूरपश्चिम सम्भावनाको प्रदेश’

कन्चनपुर, २ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सुदूरपश्चिम प्रदेश पर्यटन, जलस्रोत र जडीबुटीको लागि अथाह सम्भावना बोकेको प्रदेश भएको बताएका छन् ।
बुधबार बेदकोट धार्मिक पर्यटन महोत्सवको उद्ध्घाटन गर्न कञ्चनपुर पुगेका उपराष्ट्रपति पुनले कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्दै सुदूपश्चिममा अथाह सम्भावना रहेको बताए । दोधारा चादँनी झोलुङ्गे पुल छेउमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्न उपराष्ट्रपति पुनले नयाँ संरचना अनुसार काम गर्न केही चुनौती  भएकाले अधिकार गाउँमा आउन केही समय लाग्न सक्ने बताए । उनले भने–‘हिमश्रंखलादेखि तराइको फाँट र चीन देखि भारतसित जोडिएको यो प्रदेशसित आयको राम्रो स्रोत छ  ।’
बुधबार शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै झोलुङ्गे पुलको अवलोकन गरेका पुनले दोधारा चाँदनी झोलुङ्गे पुलमा पैदल यात्रा गर्दा खुसी भएको बताए ।  डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुलमा पैदल हिडेर उनी महाकाली नदी पारी दोधारा चादँनी पुगेका थिए । उपराष्ट्रपतिसंगै पत्नी हस्तमाली पुन, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेशकै सभामुख अर्जुन बहादुर थापा लगायतको सहभागिता रहेको थियो । उपराष्ट्रपति पुनले बिहीबार बेदकोट नगरपालिकामा शुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ

पह्चिम टुडे खवरबाट

चर्चामा

सम्बन्धित समाचार