• होमपेज
  • समाचार
  • आफ्ना पार्टी कार्यकर्तालाई शिक्षक बनाउन नपाएपछी … ! काठेखोला गाउपालिकाले एक शिक्षिकालाई तलब नदिएर ग-यो यस्तो घोर अन्याय !

आफ्ना पार्टी कार्यकर्तालाई शिक्षक बनाउन नपाएपछी … ! काठेखोला गाउपालिकाले एक शिक्षिकालाई तलब नदिएर ग-यो यस्तो घोर अन्याय !

  • बुधबार, साउन १, २०७६
आफ्ना पार्टी कार्यकर्तालाई शिक्षक बनाउन नपाएपछी … ! काठेखोला गाउपालिकाले एक शिक्षिकालाई तलब नदिएर ग-यो यस्तो घोर अन्याय !

बागलुङ २०७६ असार ३१ । सदरमुकाम बागलुङ नगरपालिका संग जोडिएको काठेखोला गाउँपालिका पछिल्लो समय भ्रष्टाचार र राजनीतिक पूर्वाग्रहका कारण चर्चामा छ । काठेखोला गाउपालिका २ साबिक भिमापोखरा गाविस स्थित जनप्रिय आधारभूत बिद्यालयमा रिक्त शिक्षक पदमा आफ्ना पार्टी कार्यकर्ता नियुक्ती गर्न नपाउने परिस्थिति देखे पछी गाउपालिका अध्यक्ष अमर थापाले कानून विपरीत अनावश्यक झमेला खडा गरेर विद्यार्थीहरुको पठन पाठनमा समेत गम्भीर असर पर्ने काम गरेकाले चर्चामा आएका हुन् ।

जनप्रिय आधारभूत विद्यालयमा सामाजिक विषय पढाउदै आएका प्रधानाध्यापक नरबहादुर बिकले २०७४ साल चैत महिनामा अवकास लिएपछी रिक्त रहेको प्रावि शिक्षक पद पूर्ति गर्ने विषयलाई लिएर गाउपालिकाले आफ्ना पार्टी कार्यकर्ता नियुक्ती गर्ने बद्नियत राखी विद्यालय व्यवस्थापन समितिलाई शिक्षक पदपूर्ति गर्न अनुमति नदिएर विद्यार्थीहरुको पठनपाठनमा अवरोध खडा गरेको आरोप लाग्दै आएको छ ।

गाउँपालिकाले बिव्यसलाई रिक्त शिक्षक पद पूर्तिगर्न अनुमती नदिएपछी व्यवस्थापन समिति यसका विरुद्ध सर्वोच्चमा पुगेको थियो । सर्वोच्च अदालतबाट २०७६ बैशाख २४ गते विद्यालय व्यवस्थापन समितिको पक्षम फैसला सुनाएपछी शिक्षक नियुक्ति प्रक्रिया अघि बढेको थियो ।

विद्यालयले सो रिक्त शिक्षक पदका लागी २०७५ साल बैशाख ०७ गते विज्ञापन प्रकाशित गरेको थियो । गाउपालिकाले ऐ बैशाख २७ गते शिक्षक पदपूर्तिको अनुमती दिएको थियो ।

सो पदका लागी ईच्छुक ११ जनाले आवेदन दिएका थिए । गाउपालिकाले आवेदकहरुको परीक्षा लिन समेत अनुमती नदिएर किचलो निकाले पछी विद्यालय व्यवस्थापन सामितिले त्यस्को १३ महिना पछी शिक्षा विकास समन्वय समिति बागलुङको कार्यालयमा गएर २०७६ साल जेठ २८ गते शिक्षा तथा समन्वय ईकाई अधिकारी सहितको रोहबरमा आवेदकहरुको परीक्षा लिएर नतिजा सार्वजनिक गरेको थियो । बिव्यसले त्यस्को भोलि पल्ट रिक्त सामाजिक विषयको प्रावि तहको शिक्षक पदमा सीतासिँह मल्ललाई नियुक्ति दिएर विद्यालयमा कामकाजमा लगायो । तर गाउँपालिकाले तलब निकासा दिँदा निज शिक्षक मल्लको तलब बाहेक अन्यको तलक निकासा दिएपछी अहिले थप बिबाद उत्पन्न भएको हो । यस समस्याको समाधानका लागि आजै शिक्षा तथा समन्वय ईकाईको कार्यालयमा भएको छलफलमा समेत कुनै निकास ननिस्केपछी शिक्षक मल्लले आफुले काम गरी पकाएको तलब खान पाईनन् । आफ्ना पार्टी कार्यकर्ता नियुक्त गर्न नपाएको झोँकमा गाउपालिकाले यति सम्म तल झरेर असंवेदनशील हर्कत देखाएर एक महिला शिक्षक माथी गरेको घोर अन्यायको चारैतिर भत्सर्ना गरिएको छ ।

गाउँगाउँमा सिँहदर्बार आयो भनिएपनि काठेखोला गाउपालिकाको अन्यायमा थिचिएका निमुखाले कहाँ गएर सिंहदर्बार खोज्नु ?

चर्चामा

सम्बन्धित समाचार