सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै भेटिँदा उद्धारकर्ता चकित

पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै भेटिँदा उद्धारकर्ता चकित

  • आइतवार, असार २९, २०७६
पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै भेटिँदा उद्धारकर्ता चकित

मकवानपुर । पहिरोमा पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि जिवितै उद्धार गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका ५ मा गएको पहिरोमा पुरिएकी उनलाई ७ घण्टापछि घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कालीखोलामा गएको पहिरोमा परी तारामाया शुक्रबार दिउँसो १२ बजे बेपत्ता भएकी थिइन । पुरिएको अवस्थामा फेला परेकी उनलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । तारामायाको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । ७ घण्टासम्म पुरिदा समेत जिवित भेटिँदा उद्धारकर्ता चकित भएका थिए । जनबाेली डट कमबाट

चर्चामा

सम्बन्धित समाचार