आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाचार
  • भारतीय दबाब नेपालले मानेन् : निरन्तर उर्लिँदै कोशी, ५६ ढोकामध्ये ४१ ढोका खोलिए

भारतीय दबाब नेपालले मानेन् : निरन्तर उर्लिँदै कोशी, ५६ ढोकामध्ये ४१ ढोका खोलिए

  • शनिबार, असार २८, २०७६
भारतीय दबाब नेपालले मानेन् : निरन्तर उर्लिँदै कोशी, ५६ ढोकामध्ये ४१ ढोका खोलिए

काठमाडौं । लगातार पानी बढ्न थालेपछि कोशी ब्यारेजमा भएका ढोका बन्द गर्न भारतले गरेको अनुरोध नेपालले अस्विकार गरेको छ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव आज साँझ साढे तीन लाख पुग्न लागेको छ । पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछी बहाव उच्च हुनेक्रम निरन्तर भइरहेको छ ।

साँझ ६ बजेको मापनअनुसार कोशीमा पानीको बहाब ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ५६ ढोकामध्ये ४१ ढोका खोलिएका छन् । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । यसैबीच प्रदेश १ का निमिक्त मुख्यमन्त्री एवंम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, उद्योग, बन तथा बाताबरण मन्त्री जगदिश कुशियतले कोशी ब्यारेजको अनुगमन गर्नुभएको छ ।

अनुगमनपश्चात टोलीले सुरक्षा निकायलाई सर्तक र चनाखो रहन निर्देशन दिएको छ । अनुगमन टोलीमा एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञावाली सहित सुनसरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख पनि सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार