सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • पाल्पाको सिद्धेश्वर गाउँमा झाडा पखालाबाट ५० जना बढी बिरामी, उपचार चल्दै

पाल्पाको सिद्धेश्वर गाउँमा झाडा पखालाबाट ५० जना बढी बिरामी, उपचार चल्दै

  • शुक्रबार, असार २७, २०७६
पाल्पाको सिद्धेश्वर गाउँमा झाडा पखालाबाट ५० जना बढी बिरामी, उपचार चल्दै

पाल्पा । रैनादेवी छहरा १ सिद्धेश्वरमा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी परेका छन् । लगातारको झरीले गाउँमा पानी दुषित भएका कारण गाउँका प्राय जसोलाई झाडा पखाला भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।अहिले झाडा पखलाले महामारीको रुप लिन थाले पछि जिल्ला अस्पतालबाट डक्टर गगन अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेर अस्थायी क्याम स्थापना गरेर औषधी उपचारमा लागेको रानाले बताए ।बिहीबार बाट फैलिएको झाडा पखालाका कारण ४ जना बिरामीको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार