आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुलीका दुई बस्तीमा पस्यो बाढी, चार घर बगे, दर्जनौं घर डुबानमा

सिन्धुलीका दुई बस्तीमा पस्यो बाढी, चार घर बगे, दर्जनौं घर डुबानमा

  • शुक्रबार, असार २७, २०७६
सिन्धुलीका दुई बस्तीमा पस्यो बाढी, चार घर बगे, दर्जनौं घर डुबानमा

सिन्धुली : लगातार परेको पानीका कारण बागमती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुबानमा परेका छन्। बागमती नदीले चार घर बगाएको छ। ६० घरबढी उच्च जोखिममा परेका छन्। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ को बसपार्कमा बागमती नदी पस्दा त्यहाँका चार घर बगाएको हो।

उक्त गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार बागमती नदीले बसपार्कमा रहेका राशरण् राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको घर गोठ बागमती नदीले बगाएको छ।

‘८ घर उच्च जोखिममा परेका छन्।उद्धार गर्न जान सक्ने अवस्था छैन्,’ अध्यक्ष लामाले भने।सोही ठाउँका स्थानीय ६० जनाको घर डुबानमा परेका छन्। उनीहरु घर छाडेर सुरक्षित स्थानमा सरे पनि गाईवस्तु, अन्नपात, लत्ताकपडा सबै घरसँगै डुबाएको छ।स्थानीय सत्यमान तामाङका अनुसार बस्ती नजिकै प्रहरी चौकी भएपनि ठूलो बाढीका कारण त्यस स्थानमा प्रहरी पुग्न सकेको छैन। शुक्रबार बिहानबाट नदीले बाहव परिवर्तन गरी बस्तीमा पसेको मुक्तानले जनाए।

कालिका कन्स्ट्रक्सनले मदन भण्डारी लोकमार्ग निर्माणका लागि बागमती नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दा थुपारिएको बालुवाको थुप्रोका कारण नदीले धार परिवर्तन गर्दा बस्ती बगाएको हो।

बागमती नदी २०५० सालको बाढी भन्दा ठूलो आएकाले त्यस आसपासको ठूलो बस्ती नै बगाउने खतरा रहेको गाउँपालिकाका अध्यक्ष लामाले बताए। ‘बागमतीको बाढीमा फसेकाको उद्धार गर्न जानै सकिएको छैन्,’ उनले थपे।

बागमती नदीमा आएको बाढीले खेतियोग्य जमिनसमेत कठान गरेको छ। उता मरिण नदीले सिन्धुलीकै मरिण गाउँपालिकामा बाढीका कारण एक दर्जनबढी घर जोखिममा परेका छन्। चार/ पाँच घर डुबानमा परेको स्थानीयले जानकारी दिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।

बम्जनका अनुसार मरिण गाउँपालिका ७ को बाह्रविसे डुबानमा परेको छ। ‘त्यहाँका केही घर समेत डुबानमा परेको भन्ने सुन्नमा आएको छ, हामी त्यस क्षेत्रमा जाँदै छौं,’ बम्जनले भने।

मरिण नदी अहिलेसम्मकै ठूलो बाढी आएकाले सयौं रोपनी धान खेत डुबानमा परेको छ।नदीले धार परिवर्तन गरी खेतियोग्य जमिन कटान गर्दै बस्तीतर्फ पस्न थालेकाले सतर्क रहन भनिएको उनले जनाए।मरिण गाउँपालिकाकै ६ को भट्टीडाँडा र सारुभन्ञ्याङको बस्ती पहिरोको जोखिममा परेको अध्यक्ष बम्जनले जनाए।

चर्चामा

सम्बन्धित समाचार