सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरीकै अगाडि शिल्पासँग छवीले मागे माफी

प्रहरीकै अगाडि शिल्पासँग छवीले मागे माफी

  • शुक्रबार, असार २७, २०७६
प्रहरीकै अगाडि शिल्पासँग छवीले मागे माफी

काठमाडौं – निर्देशक छवी ओझा र नायिका शिल्पा पाखरेलबीचको विवाद टुंगिएको छ । केही दिन अगाडि नायिका शिल्पाले श्रीमान छवीले आफूमाथि हिंसा गरेको भन्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएकी थिइन् ।

आज काडमाडौं प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको छलफलपछि ओझा र पोखरेलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

ओझाले श्रीमतीमाथि कुनैपनि दुव्र्यवहार नगर्ने सहमतिपत्रमा उल्लेख छ । साथै ओझाले शिल्पाको सुरक्षामा आँच नपुर्याउने भन्दै उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ओझाले शिल्पासँग माफी पनि मागेका छन् ।

चर्चामा

सम्बन्धित समाचार