सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • शिक्षकको कुटाइबाट छात्रको मृत्यु

शिक्षकको कुटाइबाट छात्रको मृत्यु

  • बिहिबार, असार २६, २०७६
शिक्षकको कुटाइबाट छात्रको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।

बैतडी शिवनाथ गाउँपालिका घर भई भीमदत्त नगरपालिका ५ बनगाउँमा मामाको घरमा बसेर अध्ययन गरिरहेका कलौनीलाई महाकाली बाल विद्यालयकै शिक्षकहरुले असार १३ गते कुटपिट गरेको परिवारको दाबी छ । शिक्षकहरुले विद्यालयमा खुकुरी ल्याएको भन्दै कुटपीट गरेका कारण माधवको खुट्टा भाँचिनु हुनुका साँथै छातीमा समेत चोट लागेको माधवका मामा पुष्पमणी जोशीले बताए ।
उक्त घटनापछि माधवका बुवा बृहस्पतिले उनलाई घर लगेका थिए । दोस्रो दिन उनी खुट्टा चलाउन नसक्ने भएपछि पुन उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको थियो । त्यहाँबाट पनि उनलाई दुई दिनअघि मात्रै बरेलीस्थित मेडिकल कलेजमा भर्ना गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

चर्चामा

सम्बन्धित समाचार