शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली करिडोर-कडा चट्टान फोडेर सडक

कर्णाली करिडोर-कडा चट्टान फोडेर सडक

  • मङ्लबार, जेष्ठ २१, २०७६
कर्णाली करिडोर-कडा चट्टान फोडेर सडक

प्रकाश सिंह
जेठ, २१ बाजुरा

हिमाली गाँउपालिको बाधुको राँगेभीर तल र्हेयो कर्णाली नदि, माथि हेर्दा कडा चट्टाने भीर रहेको थियो । मुस्किलले आधा मिटरजति त्यही चट्टान खोलेर बनाइएको बाटोमा हिँड्ने बेला जोकसैको मन ठेगानमा हुन्थेन । बाजुराको हिमाली गाँउपालिका, हुम्ला, मुगु जिल्ला र राँरा जाने यहि बाटो भएर जाने गरेका थिए । त्यो बाटो हिडँदा जो कोहीलाई पनि डर डरका बिचमा हिड्नु पर्ने गरेको हुम्लाको ताजाकोटमैला गाँउपालिका अध्यक्ष बागदल मल्लले सुनाए ।
कर्णाली करिडोर अन्तर्गत बाजुराको राँगेभीर मात्र नभई हिमाली गाँउपालिकामा रहेको कालापहरामा चट्टान लगायत हुम्ला र बाजुराको बिचमा पर्ने कवाडी सम्म दर्जनौ चट्टान फोरिँदै छिचोलेर कर्णाली करिडोर बाटो तिब्र गतिमा निर्माण भइरहेको छ । नेपालमा सड्क यातायातले नछुएको एक जिल्ला हुम्ला मात्र हो । हुम्ला जाने एक मात्रा बाटो यहि कर्णाली करिडोर हो । बाजुराको जगन्नाथ गाँउपालिकाको पिलिचौर देखी हिमाली गाँउपालिका कवाडी सम्म करिब २४ किलोमिटरमा दर्जनौ कडा चट्टान फोडेर सडक निर्माण भइरहेको छ । कवाडी सम्म टरयाक पुरै खोलेपनि केही भागमा सुधारनु पर्ने ठाँउ भएकाले का

म भइरहेको छ ।
एक बर्ष यता यो बाटोको अवस्था फेरिएको छ । राँगेभीरको नामनिसान मेटिएको छ । त्यही चट्टानको बीच भाग छिचोलेर चौडा सडक बनाइएको छ । रागेभिर भनेपछि निकै चर्चित भिर हो, आवतजावत गर्न निकै समस्या हुने गरेको थियो, अहिले सड्क नै निर्माण गरि यातायात सञ्चालन भएको खुशि हुदै हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए ।
नेपाली सेनाको नेतृत्वमा निर्माण कार्य भइरहेको कर्णाली करिडोर सडकको निर्माण गतिले बाजुरा र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, निकै खुसियाली पनि ल्याएको छ । हिमाली गाँउपालिकाको धुलाचौर बाट बाजुरा सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको थिया, अहिले ५ घण्टामा सदरमुकाम पुग्ने गरेका छन् । हिमाली गाँउपालिका बासिन्दा सडक सञ्चालनले आफूहरूको जीवन फेरिएकोमा उत्साहित छन् । ‘पुस्तौंदेखिको नुन–चामलकै संघर्षका लागि भारी बोक्ने दिन अन्त्य हुदै आएको विकासका ढोका खुलेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले भने, । ‘तिन महिना पहिला १० हजार प्रतिक्विन्टल मूल्य पर्ने चामलको मूल्य सडक खुलेपछि घटेर ४ हजारमा सजिलै उपलब्ध हुनेछ ।’
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुराको धुलाचौर सम्म यातायात सञ्चालनमा आइसकेको छ । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले रहेको छ ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो, अबको पुस्ताले सुख पाउनेछ ।’
यो सडक कर्णालीसँग जोडिएका बाजुराका अति विकट हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाँउपालिका हुदै सिमकोट पुग्नेछ । सडक निर्माणको गति देखेर हुम्ला र मुगुका बासिन्दा जति हौसिएका छन् । बाजुराको पूर्वोत्तर क्षेत्रका बासिन्दा पनि त्यत्तिकै खुसी छन् । यो सड्क कालिकोट बाजुरा हुदै हुम्ला गएपनि कर्णाली नदि पारि रहेका मुगुको अधिकांश बासिन्दालाई ठुलो सहयोग पुग्ने मुगुको खत्याड गाँउपालिका स्थानिय गौरिकान्त न्याउपानेले वताए ।
कडा चट्टानमा विस्फोट बाहेक छिटो छरितो काम होस् भनेर ट्रयाक खोल्ने काममा निजी क्षेत्रका ठेकेदारलाई समेत सेनाले परिचालन गरिरहेको छ । चार वर्ष अघि देखि कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सिमकोट सडक खण्डको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनाले लिएपछि कामले तीव्रता पाएको छ । कालिकोटको खुलालु लाई जिरो प्वाइन्ट मानिएको छ ।
यस सडकलाई बाँके र रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद बलदेव रेग्मीले भने । यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिने छ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ ।

 

 

चर्चामा

सम्बन्धित समाचार