शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • देशभर मनाइँदै २५६३औं बुद्ध जयन्ती

देशभर मनाइँदै २५६३औं बुद्ध जयन्ती

  • शनिबार, जेष्ठ ४, २०७६
देशभर मनाइँदै २५६३औं बुद्ध जयन्ती

आज (शनिबार) वैशाख वैशाख शुक्ल पूर्णिमा अर्थात् देशभर २५६३औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।

उनले बुद्धत्व र महापरिनिर्वाण प्राप्त पनि वैशाख शुक्ल पूर्णिमाकै दिन गरेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन्।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए।

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए।

काठमाडौंका बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति बिहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रूपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिँदैछ।

यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ।

चर्चामा

सम्बन्धित समाचार