• होमपेज
  • समाचार
  • झाडापखालाबाट एकै गाउँमा ५० जनाभन्दा बढी बिरामी

झाडापखालाबाट एकै गाउँमा ५० जनाभन्दा बढी बिरामी

  • शनिबार, जेष्ठ ४, २०७६
झाडापखालाबाट एकै गाउँमा ५० जनाभन्दा बढी बिरामी

बुटवल-पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ बौरीडाँडामा झाडापखालबाट एउटै गाउँका ५० जनाभन्दा बढी बिरामी भएका छन् । झाडापखालाबाट बिरामी भएकामध्ये गम्भीर अवस्थाका ११ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र १२ जनाको गाउँमै शिविर सञ्चालन खडा गरी उपचार गरिएको छ ।  मेडिकल कलेजमा उपचारतमध्ये ५ जना बालबालिका वार्डमा र ६ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको, उनीहरुको अवस्था सुधार हुँदै गएको कलेजले जनाएको छ ।  अन्य ३० जना भन्दा व्यक्तिहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।  झाडापखाला प्रभावित क्षेत्रमा जिल्लाबाट डा.गगन अधिकारीसहित जिल्ला स्वास्थ्य कार्यालयबाट महामारी रोग नियन्त्रण प्रमुख ईश्वरी न्यौपाने र चन्द्रतारा बस्यालसहित गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मी गरी ११ जनाको टोली गाउँमा पुगी उपचारमा खटिएको थियो ।

स्थानीय एक महिलाको मृत्यु संस्कारको चोखिने दिनमा पाहुनाहरुको लागि बनाएको बंगुर तथा पाडाको मासु, बटुक तथा अचारका परिकार खाँदा झाडा पखालाले प्रकोपको रुप लिएको जनकल्याण आधारभूत विधालयका प्रधानाध्यापक सुन्दर गाहाले बताए । प्रधानाध्यापक गाहा लुम्बिनी मेडिकलमै बसेर बालबालिकाको उपचारमा खटिएका छन् ।

झाडापखालाको जानकारी पाउनासाथ गाउँपालिकाभित्रको स्वास्थ्यकर्मीसहित  जिल्लाबाट आएको टोली प्रभावित क्षेत्रमा पुगी उपचारमा खटिएकोे गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए । झाडापखाला प्रकोपबाट बिरामी भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने अध्यक्ष घर्तीमगरले बताए ।

मगर समुदायमा मृत्यु संस्कार चोखिँदा पाहुनालाई मासुसहितका परिकार खुवाउने प्रचलन रहेको छ । सोही क्रममा बचेको मासु तथा परिकार अर्काे दिन खाँदा फूड प्वाइजन भई झाडापखालाको रुप लिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार