शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा आगलागी हुदा करोड बढी क्षेति

कैलालीमा आगलागी हुदा करोड बढी क्षेति

  • शुक्रबार, जेष्ठ ३, २०७६
कैलालीमा आगलागी हुदा करोड बढी क्षेति

लोक बहादुर देउबा
जेष्ठ,३ बौनिय
कैलालीको बर्दगोरीया गाउँपालिका १ सडकपुर बौनियाँ बजारमा आगलागी भएको छ । स्थानिय व्यापारी प्रकाश नाथको इलेक्टोनिक्सको गोदाममा आगलागी भएको हो । लम्की चुहा नगरपालिका,घोडाघोडी नगरपालिकाको दमक,प्रहरी,सशस्त्र प्रहरी र स्थानिय बासीहरुको सक्रियतामा करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।गोदाममा भएका फ्रिज,पखां,मोटर,राईस कुकर ,बिद्युत वाईरिङ्गका सामानहरु सगैँ घर भित्र रहेका धान,पलङ्ग लगायतका सामानहरु समेत जलेर पुर्ण रुपमा नष्ट भएको बताईएको छ । व्यापारी नाथका अनुसार आगलागी बाट १ करोड ३० लाख बराबरको क्षेति भएको बताईएको छ । आगलागीको कारण नखुले पनि बिद्युत सट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बौनियाले अनुमान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार