आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • ३ दिनसम्म हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

३ दिनसम्म हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

  • आइतवार, बैशाख ८, २०७६
३ दिनसम्म हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख ८ । आज (आइतबार) देखि तीन दिनसम्म देशभर मौसम बदली भई हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबारदेखि मंगलबार रातिसम्म हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज(आइतबार) पश्चिमी वायु प्रवेश गर्ने भएकाले तीन दिनसम्म मौसम बदली हुने भएको हो। ‘अहिले यो वायु जम्मु काश्मिरमा छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘बेलुकीसम्म यो नेपालको पश्चिमी क्षेत्रमा आइपुग्नेछ।’

तर यो उति शक्तिशाली भने नभएको उनको भनाइ छ। ‘तैपनि यसले आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र मेघ गर्जनका साथ वर्षा गराउने सम्भावना छ,’ उनले भने ।

मौसमविद् श्रेष्ठका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित विशेषगरी पहाडी क्षेत्रमा र राति पहाड-तराई दुवै क्षेत्रमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

साभार शुदुर खबर बाट

चर्चामा

सम्बन्धित समाचार