आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • समृद्धि नेकपाकै सरकारको पालोमा-सांसद लाल बहादुर थापा

समृद्धि नेकपाकै सरकारको पालोमा-सांसद लाल बहादुर थापा

  • बिहिबार, बैशाख ५, २०७६
समृद्धि नेकपाकै सरकारको पालोमा-सांसद लाल बहादुर थापा

रमित बि.क.
वैशाख ४ बाजुरा
नेकपाका केन्द्रिय सदस्य तथा सांसद लाल बहादुर थापाले अब समद्धि नेकपाकै सरकारको पालोमा भएको वताएका छन् । बडिमालिका नगरपालिका–९ नम्बर वडाले आयोजना गरेको नव बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गदैँ थापाले यस्तो वताएका हुन ।
हालको सरकार “समृद्ध नेपाल सुखी नेपाली” को नारा सहित अघि बढेकोले हामी भुगोलका हिसावले जता भएपनि सोही नारा संग हामी सबै गोलबद्ध र सम्बन्धित रहेको बताउदैँ हालको सरकारले देखेको सपना पनि सोही नारा भएको थापाले थपे । अब नेपाली जनतालाई खुसी र सुखी बनाउने समय आएकोले अब नेकपा बाहेक अरुको विकल्प नरहेको समेत बताए ।
सांसद थापाले नयाँ बर्ष संगै सबैले जिल्लाको मुहार फेर्ने लाग्न आग्रह समेत गर्नुभएको छ । मदिराले गर्दा समाज विखण्डन तिर धेकेलिरहेको बताउँदै मदिरा र छाउपडी प्रथाको अन्त्य गर्ने अभियानकै रुपमा आफु लागिरहेको जनाए । मनमा रहेका गलत कुरालाई यो बर्ष संगै मनबाट हटाउन आग्रह गदैँ समृद्धि आफै आउने नभई सबै मान्छेको जीवनमा परिवर्तन आउनुपर्नेमा जोड दिएका थिए ।
वडा अध्यक्ष बिनोद कुमार बिकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य तथा सांसद लाल बहादुर थापा रहेका थिए । कार्यक्रममा नेकपाका नेताहरु अमर खड्का, काँशी बि.क, तुल्सीराम रोकाया, दलित अधिकारकर्मी गोरख सार्की, सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई बिशिष्ट अथिति रहेका थिए । वडा सचिव शोभा शाहीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडाका कर्मचारी भतm बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार