• होमपेज
  • समाचार
  • काठमाण्डुमा बेचिने जारका पानीमा दिसा भेटिएपछि…

काठमाण्डुमा बेचिने जारका पानीमा दिसा भेटिएपछि…

  • सोमवार, चैत्र २५, २०७५
काठमाण्डुमा बेचिने जारका पानीमा दिसा भेटिएपछि…

काठमाण्डु, २५ चैत– शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर बिक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर बिक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ । कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।’ गोरखापत्रबाट

चर्चामा

सम्बन्धित समाचार