मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • दोहोरो नागरिकता भएकासंग भोट माग्न भारतीय उम्मेद्वार नेपालमा

दोहोरो नागरिकता भएकासंग भोट माग्न भारतीय उम्मेद्वार नेपालमा

  • सोमवार, चैत्र २५, २०७५
दोहोरो नागरिकता भएकासंग भोट माग्न भारतीय उम्मेद्वार नेपालमा

काठमाडौ भारतमा अप्रिलबाट आम निर्वाचन हुँदैछ । सोही कारण भारतमा चुनावी माहोल तातिरहेको छ । विभिन्न पार्टीहरु आफनो मतदातालाई रिझाउन लागि परिरहेका छन् भने मतदाताको घर खेतमै पुगिरहेका छन् । यसबीच भारतका उम्मेद्वारहरु भोट माग्नका लागि मतदाता फकाउन नेपाल समेत आउने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणले यस्तो खुलासा गरेको हो । उसले उत्तर प्रदेश राज्यका सीमावर्ती जिल्लाका उम्मेद्वारहरु भोट माग्नका लागि सीमा छेउका नेपाली जिल्लाहरुमा आउने गरेको खुलासा गरेको हो । उसले नेपालमा रही दोहोरो नागरिकता लिएकाहरुलाई भोटका लागि फकाउन उम्मेद्वारहरु नेपाल आउने गरेको दाबी गरेको छ ।

नेपालका कतिपय नागरिकहरु भारतको महराजगंज, सिद्धार्थनगर र गोरखपुरमा बस्ने गरेको र उनीहरुको परिवार नेपालमा बस्ने गरेको कारण भोट फकाउन नेपाल आउने गरेको भनाई छ । उम्मेद्वारहरु दोहोरो नागरिकता लिएकाहरुले चुनावमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै नेपालको चक्कर लगाउन थालेका हुन् । दोहोरो नागरिकता लिएका भारतीय नागरिकहरुले लोकसभाको निर्वान मात्र होईन विधानसभा र पञ्चायत निर्वाचनमा समेत महत्वपुर्ण भुमिका खेल्ने गरेको उम्मेद्वारहरु मान्छन् । त्यसैले यी नेपाल र भारत दुबैको नागरिकता लिएका मतदाता फकाउन नेपाल आउने गरेका हुन् ।

यस्ता मतदाताको सुविधाका लागि चुनावको एक दिन अगाडी नै आउने जानेको व्यस्थासमेत उम्मेद्वारहरुले नै गर्ने गरेका छन् । उक्त मिडियाका अनुसार नेपालमा उत्तर प्रदेश राज्यको एउटा जिल्लाबाट हजारौंको संख्यामा दोहोरो नागरिकता लिएका मानिसहरु छन् । उक्त मिडियाको दाबीपछि नेपालमा नेपाली नागरिकताधारी भारतीयहरु कति होलान् भनेर सोच्न बाध्य बनाउँछ । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ । भारतीय र नेपालीहरुबीच बिवाहबारी चल्ने भएकोले पनि माइती र ससुरालीको साहयतामा कयौ भारतीयहरुले नागरिकता लिने गरेका छन् । जुन एउटा दुर्भाग्यको कुरा पनि हो ।

चर्चामा

सम्बन्धित समाचार