शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कीर्तिपुर महिला महोत्सवको मञ्च पुरूषहरूले कब्जा गरेपछि…

कीर्तिपुर महिला महोत्सवको मञ्च पुरूषहरूले कब्जा गरेपछि…

  • आइतवार, चैत्र २४, २०७५
कीर्तिपुर महिला महोत्सवको मञ्च पुरूषहरूले कब्जा गरेपछि…

महिला उद्यमशीलता प्रर्वद्धन गर्न भन्दै चैत २१ देखि २३ सम्म कीर्तिपुरमा भएको महिला महोत्सव अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । महोत्सव शनिबार सम्पन्न भएपनि महोत्सवको केही पाटो भने अाज पनि चर्चाको सन्दर्भमा नै रहेको छ । चैत २१ उद्घाटनको दिन महिला महोत्सवको मञ्चमा जम्मा एकजना महिला र बाँकी सबै पुरूष भएको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । . मञ्चमा रहेका झण्डै १५ जना अतिथिमा जम्मा एक जना महिला रहेकी छिन । यही तस्बीर सामाजिक सञ्जाल प्रयोगकर्ता भाइरल बनाइरहेका छन । हाम्रो समाजको वास्तविक चरित्र चित्रण गर्ने उक्त तस्बीर साच्चै मन छुने खालकै छ । महिला महोत्सवका नाममा पुरूषले मञ्च कब्जा गरेको देखेर धेरैले सामाजिक रूपमा यसको व्याख्या, विश्लेषण र अालोचना गरिरहेका छन । जेहोस कीर्तिपुरको महिला महोत्सव भने शनिबारबाट सकिएको छ ।

कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा नगरपालिकाले सो महोत्सव आयोजना गरेको हो । महोत्सवको एक समारोहकाबीच काठमाडौं क्षेत्र– १० का सांसद् राजन केसी, प्रदेश नं ३ का सांसद् पुकार महर्जन र नगरपालिकाको प्रमुख रमेश महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

महोत्सवमा नगरपालिकाका १ देखि १० वडाका मिसा पुच, आमा समूहले उत्पादन गरेका सामग्री, नेवारी खाजाको परिकार, हाकुपटासी बुन्ने तरिका, चिउरा उत्पादन गर्ने पुरानो प्रविधि, कृषिजन्य सामग्रीका विभिन्न स्टल राखिएको थियो । त्यसैगरी नेवार समुदायका महिलाहरुले सानो छ“दा खेल्ने खेल (हराउ“दै गएको घः कासा ) भेषभूषा, विभिन्न परम्परा, मौलिक जीवनशैली बुझाउने संस्कृति र संस्कारको जीवन्त प्रदर्शनी पनि महोत्सवमा हेर्ने मिल्ने व्यवस्था मिलाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार