शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको गृहजिल्लामा राजतन्त्रको नारा-‘राजा आउ देश बचाउ’

प्रधानमन्त्रीको गृहजिल्लामा राजतन्त्रको नारा-‘राजा आउ देश बचाउ’

  • शनिबार, चैत्र २३, २०७५
प्रधानमन्त्रीको गृहजिल्लामा राजतन्त्रको नारा-‘राजा आउ देश बचाउ’

विगत एक महिनादेखि मधेसी देखि पूर्वी पहाडको धार्मिक भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह विहीबार दिउँसो झापा झरे । झापा झरेका पूर्वराजा ज्ञानेन्द्रलाई भब्य स्वागत मात्र गरिएन, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा राजतन्त्रको नारा पनि लाग्यो । राजा आउ देश बचाउ भन्दै सयौ युवाहरुले नारा लगाएका थिए । प्रधानमन्त्री ओलीले टाउको उठाउने प्रयत्न नगर्न पूर्वराजालाई चेतावनी दिइरहेकै बेला उनकै गृहजिल्लाबाट पूर्वराजाले चुनौति दिएका छन् । पाँचथर र इलामको भ्रमण सकेर झापाको बुधबारे प्रवेश गरेलगतै ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाइएको थियो । झापामा नागरिकहरुको पनि ठुलो सहभागिता रहेको शिवसेनाका अध्यक्ष अनिल बस्नेतले बताएका छन् । झापाको बुधबारेमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सर्वसाधारण जम्मा भएका थिए। पूर्वराजालाई स्वागत गर्न पूर्व राजाबादी, राप्रपाका नेता कार्यकर्ता पनि पुगेका थिए ।

सर्वसाधरणले स्वागत गरेपछि पूर्वराजाले बुधवारेस्थित राम जानकी मन्दिरमा पूजा गरेका थिए । पूजापछि उनले सर्वसाधरणका गुनासा पनि सुनेको बस्नेतले बताए । पूर्व राजा ज्ञानेन्द्र करिब डेढ महिनादेखि झापाको दमकलाई केन्द्रविन्दु बनाएर पूर्वी तराईको भ्रमणमा गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार