मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालगन्ज उप-महानगरपालिका उपमेयरद्धारा यसरी गरिन् ठुलो भ्रष्टाचार, थाहा पाउँदा सबै चकित

नेपालगन्ज उप-महानगरपालिका उपमेयरद्धारा यसरी गरिन् ठुलो भ्रष्टाचार, थाहा पाउँदा सबै चकित

  • बुधबार, चैत्र २०, २०७५
नेपालगन्ज उप-महानगरपालिका उपमेयरद्धारा यसरी गरिन् ठुलो भ्रष्टाचार, थाहा पाउँदा सबै चकित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको तथ्य फेला परेको छ । उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भरपाईहरु हेर्दा यस रकम हिनामिनामा उपमेयर थापा संलग्न भएको पाइएको हो ।

कर्मचारीले नराम्रो कार्य गरे खबरदारी गर्नुपर्ने जनप्रतिनीधि उपमेयर थापानै रकम अनियमितामा संलग्न रहन पुगिन् । सुन्दा सबैलाई अचम्म र हाँसो पनि लाग्न सक्छ ।

उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश गरेकी छन् । नेपाली काँग्रेसबाट उपमेयरबनेकी थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।

नेपाली काँग्रेसबाट उपमेयरबनेकी उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् । सो को बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् । पेश गरेको बील जानकी रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ ।

एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।

उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ । उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार२४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । यस बारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफुले कागजातहरुमा हस्ताक्षर गरेको र आफुलाई अरु केही थाहा नभएको बताइन् ।

५ पटक खाना खाएको भनिएकी रुपा गहतराजले ५ पटक खाना नखाएको बताईन् । ‘खना त खाइयो होला, ५ पटक खाइएन । साथीभाइले बील मिलाउनलाई मिलाए होलान् ।’

चर्चामा

सम्बन्धित समाचार