बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

  • बुधबार, चैत्र २०, २०७५
जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

 मदन बि.क. बाजुरा, चैत २०– बाजुराका स्थानीय हास्य कालाकार भनेर चिनिने विन्दु कुमार वि.कले आफ्नो २२ औं जन्मोत्सवका अवसरमा विपन्न परिवारलाई शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेका छन् । विहिबार अति विपन्न परिवारका केही सदस्यलाई सहयोग गरेका हुन । बडिमालिका नगरपालिका वडा नं.९ निवासी अतिविपन्न घर परिवार टिउकी विकका परिवारलाई खाद्य सामाग्री, र उनका छोरा छोरीलाई झोला, सहीत शैक्षिक सामाग्री वितरण गरिएको हो । व्यक्तिगत खर्चबाट प्रदान गरिएको थियो । विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएको बि.कले जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् बडिमालिका नगरपालिका वडा नं.९ को वडा कार्यालयमा आयोजित कार्यक्रममा उनले वडा नं. ९ की टिउकी बि.कको परिवारलाई सहयोग गरेको हो । उहाका छोरा छोरीलाई केहि समयका लागी भएपनि स्टेशनरी सामाग्री र एक बोरा चामल सहित झोला प्रदान गर्नुभयो । वितरण समारोहमा बडिमालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष विनोद कुमाुर बि.कले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न परिवारका विद्यार्थी लार्ई गरिने यस्तो सहयोग सवैका लागि अनुकरणीय हुने बताउनुभयो । सामुदायिक केन्द्रका अध्यक्ष काल्चे दमाईले यस किसिमको सहयोगले समाजमा बिभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । विन्दु कुमार वि.कले जन्मोत्सवका अवसरमा सानो सहयोग गर्न पाउँदा आफु हर्षित बनेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा दलित अधिकार कर्मी गोरख सार्की, रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओली , पत्रकार लक्ष्मी राज पाध्याय, मदन बि.कले सानो सहयोगले विपन्न परिवारलाई राहत मिलेको बताउनुभयो । उक्त परिवारलाई केहि दिनका लागी भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको वि.कले बताउनुभयो । कार्यक्रममा सहभागी सबैले जन्म दिनको शुभकामना दिनुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार