शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिलिप दिक्षितकाे गजल : कयौं रहरहरु सपनामा

दिलिप दिक्षितकाे गजल : कयौं रहरहरु सपनामा

  • मङ्लबार, चैत्र १९, २०७५
दिलिप दिक्षितकाे गजल : कयौं रहरहरु सपनामा

गजल
कयौं रहरहरु सपनामा राखेको छु।
जिउने कुरा योजनामा राखेको छु।
कसरी बिर्सन्छु तिम्लाई यति खेर
बिगत सबै सम्झनामा राखेको छु।
महल सँग सम्बन्ध जोडने कुरामा
अब मैले पनि चेतनामा राखेको छु।
चोखो प्रेमको ईतिहास खोज्छौ भने
दिल रुप भित्र पानामा राखेको छु।
आफु परदेश मा भएर के भो त नि
यो मन गाउँ कै छानामा राखेको छु।
दिलिप दिक्षित

चर्चामा

सम्बन्धित समाचार