शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • जनप्रतिनिधिहरुलाई सूचनाको हक सम्बन्धि गोष्ठी सम्पन्न

जनप्रतिनिधिहरुलाई सूचनाको हक सम्बन्धि गोष्ठी सम्पन्न

  • बिहिबार, चैत्र १४, २०७५
जनप्रतिनिधिहरुलाई सूचनाको हक सम्बन्धि गोष्ठी सम्पन्न

बडीमािलका खवर,बाजुरा १४ चैत्र
नेपाल पत्रकार महासंघ बाजुरा शाखाले सूचनाको हक तथा सुशासन सम्बन्धि कार्यशाला गोष्ठी संचालन गरेको छ ।
जिल्लाको विकट हिमाली गाउँपालिकाको कार्यालयमा स्थानीय तहका जनप्रतिनिधी कार्यपालिकामा कार्यरत कर्मचारीहरुलाई सूचनाको हक तथा सुशासन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी संचालन गरेको हो ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा उक्त गाउँपालिका भित्रका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई सूचनाको हक र सुुशासन सम्वन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले बताएका छन ।
कार्यक्रममा प्रशिक्षण गर्दै पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकास सिंहले सूचनाको हकको प्रभावकारी कार्यान्वयन र सुशासनका लागि बाजुरा जिल्ला भरिका ९ वटै स्थानीय तहहरुमा उक्त कार्यक्रम संचालन गरिने बताएका छन् । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका भित्रका ५० बढी जनप्रतिनिधी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार