बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • ८४ दिनसम्म हाजिर नगरेपछि गोविन्द डा.केसीको तलव रोक्का

८४ दिनसम्म हाजिर नगरेपछि गोविन्द डा.केसीको तलव रोक्का

  • बिहिबार, चैत्र १४, २०७५
८४ दिनसम्म हाजिर नगरेपछि गोविन्द डा.केसीको तलव रोक्का

काठमाडौं, १४ चैत –  बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ ।

डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार शिक्षण अस्पतालले डा.केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ । तर, डा.केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन सकेका छैनन् ।

पछिल्लो पटक अनशन बसेका डा. केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए । तर, डा.केसीले लिखित रुपमा विदा मागेका छैनन् । कानूनतः डा.केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ । तर, उनले अनशन बस्ने बेला विदा स्वीकृत गराएनन् ।

डा.केसीको उद्देश्य राजनीतिक रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेपछि उनी हाजिर नगरी गयल भएका छन् । विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि डा.केसीको हाजिरीका आधारमा तलव रोक्का भएको हो ।

डा.केसीले हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आएका छन् । तर, शिक्षण अस्पताल महाराजगञ्जले डा.केसीसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ ।

डा.केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सकेका छैनन् । कानूनी रुपमा उनले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उनी बर्खास्तीमा पर्न सक्छन । डा.केसीलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ ।

कारबाहीमा पर्ने भएपछि डा.केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेका छन् ।

‘डा.गोविन्द केसीले ८४ दिनको तवल हाजिरी नै नगरेर लिने प्रयास गर्नुभएको छ’, शिक्षण अस्पताल प्रशासनका एक उच्च अधिकारीले भने–‘हाजिरी नै नगरेको सरकारी कर्मचारीलाई कसरी तलव खुवाउने ? प्रश्न उठेको छ ।’

चर्चामा

सम्बन्धित समाचार