• होमपेज
  • समाचार
  • पत्नी सीताको उपचारपछि ‘प्रचण्ड’ स्वदेश फर्किदै

पत्नी सीताको उपचारपछि ‘प्रचण्ड’ स्वदेश फर्किदै

  • बुधबार, चैत्र १३, २०७५
पत्नी सीताको उपचारपछि ‘प्रचण्ड’ स्वदेश फर्किदै

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार पछि बुधबार स्वदेश प्रस्थान गरेका छन् । पत्नी सितासहित अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट नेपाल प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नेछन् ।

चैत ४ गते पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका गएका थिए । उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका गएकी थिइन्। सीता दाहाललाई पार्किन्सन भएपछि उनको उपचारका लागि यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उपचारका लागि उनलाई अमेरिका लगिएको थियो । अमेरिकामा प्रचण्डले विभिन्न राजनीतिक भेट पनि गरे ।

चर्चामा

सम्बन्धित समाचार