आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अब एमर्जेन्सी भएका व्यक्तिलाई २४ घण्टामै लाइसेन्स दिइने

अब एमर्जेन्सी भएका व्यक्तिलाई २४ घण्टामै लाइसेन्स दिइने

  • मङ्लबार, चैत्र १२, २०७५
अब एमर्जेन्सी भएका व्यक्तिलाई २४ घण्टामै लाइसेन्स दिइने

यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि २४ घण्टामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ।
विभागले सूचना जारी गर्दै ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलि पल्टनै प्रिन्ट गरी वितरण गरिदिने जनाएको छ।
विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा गुनासो आएको कारण सेवा चुस्त बनाएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

हाल प्रक्रिया पूरा गरेका करिब ४ लाख ५० हजार चालक रसिद कै भरमा सवारी चलाउन बाध्य छन्।
यो ‘ब्याक लक’ हटाउन यातायात व्यवस्था विभागले एसियाली विकास बैंकको सहयोगमा एउटा मास प्रिन्टर र १० लाख कार्ड ल्याउन ठेक्का प्रक्रिया अगाडि बढाएको छ।
बढीमा अबको डेढ महिनाभित्र मास प्रिन्टर सप्लाई हुने विभागले जनाएको छ। विभागले ल्याउन लागेको मास प्रिन्टरले एक घण्टामा ५ सय र दैनिक करिब १० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गर्न सक्ने जनाएको छ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

चर्चामा

सम्बन्धित समाचार