• होमपेज
  • समाचार
  • दुई चार जनाको गोजि रित्तो भयहोस तर गरिब जनताको पेट भोको नहोस मन्त्री -गोकर्ण बिस्ट

दुई चार जनाको गोजि रित्तो भयहोस तर गरिब जनताको पेट भोको नहोस मन्त्री -गोकर्ण बिस्ट

  • आइतवार, चैत्र १०, २०७५
दुई चार जनाको गोजि रित्तो भयहोस तर गरिब जनताको पेट भोको नहोस मन्त्री -गोकर्ण बिस्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले प्रणालिगत सुधार मार्फत बैदेशिक रोजगारसंग सम्बन्धित बिबिध समस्याहरुलाई समाधान गर्ने प्रकृया अगाडि बढाएको बताएका छन्। एपी वन च्यानलको एपी सेन्टर कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफ दिंदै उक्त कुरा बताएका हुन्।

रोजगार व्यवसायीहरुको बिरोध अनुचित भएको इंगित गर्दै उनले भने कानुन र सरकारका निर्णयहरुको पालना हुन्छ र सबैले गर्नुपर्छ।

सरकारले प्रणालिगत सुधार मार्फत सुध्रन चाहनेलाइ मौका दिइरहेको छ। ठगीको स्वर्गीय राजलाई टिकाइरहन चाहे र ठगिलाइ निरन्तरता दिए सरकारलाइ सैह्य हुँदैन। रोजीरोटी र पिडाको कारण बैदेशिक रोजगारीमा जाने समस्याको समाधान गर्न सरकारले आवस्यक तयारि गरिरहेको उनले बताए।सरकारको बजेटमा पहिलो पटक रोजगार ऐन तथा निर्देशिकाहरु ल्याएको बताउँदै सडक, पर्यटन, सिचाई, खानेपानी, कृषि, आइटि आदि क्षत्रमा रोजगार सृजना गरिने बताए।

नेपाली समाजमा भन्दा बढि स्वतन्त्रताको खोजि र नेपालभित्र काम गर्दा लाज मान्ने र इज्जत जान्छ भन्ने मनोविज्ञान युवाहरुको विदेश पलायनको एक कारण रहेको बताउदै त्यस्तो नसोची देश बदल्न युवाहरु सचेत हुन आग्रह गरे।मलेसियासँग शून्य लागतको श्रम समझदारी गरेलगत्तै अब सरकारले युएइ, ओमान र कतारको सम्झौतालाइ परिस्कृत गर्ने जसकालागि कतारको उच्चस्तरिय टोलि चाडै नेपाल आउने र नेपाली टोलि पनि कतार गएर अध्यन सुरु गर्ने उनले बताए।मलेसिया जान लाग्ने खर्च ५८०० रुपिया पनि रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नेछन।

रोजगारका लागि जोखिमपूर्ण काममा मात्र जाने अवस्थालाइ कम गर्न सुरक्षित र विकशित देशहरुसंग सरकारले सम्बाद गरिरहेको र अध्यनका लागि गठित कार्यदलले अध्यन सकेको जानकारी गराए।

चर्चामा

सम्बन्धित समाचार