बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि..

राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि..

  • शुक्रबार, चैत्र १, २०७५
राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि..

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर  शुक्रबार  स्वदेश फर्केकी छन् ।

उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो ।

राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो । 
अन्नपुर्ण पाेष्ट बाट

चर्चामा

सम्बन्धित समाचार