शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • निगमले जापानको ओसाका उडानको अनुमति पाएन

निगमले जापानको ओसाका उडानको अनुमति पाएन

  • मङ्लबार, फाल्गुन २८, २०७५
निगमले जापानको ओसाका उडानको अनुमति पाएन

काठमाडौं, फागुन २८ : नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको लागि मागेको अनुमति नपाउने भएको छ ।

ओसाकामा अनुमति नपाएपछि निगमले जापानकै अर्को सानो सहर नारिता उडानको लागि आवेदन दिएको छ । निगमले मंगलबारनै जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवेदन दिएको हो ।

निगमलाई जापानले चैतको दोस्रो साता ओसाका उडान गर्ने प्रचार गरेपनि जापानको ओसाका विमानस्थलले निगमलाई उडान अनुमति नदिएपछि हतारमा फेरि नारिताको लागि आवेदन दिएको हो ।

जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिर्दै आएको थियो । गत सात नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाकाका लागि उडान अनुमति पत्र (एओसी) समेत जारी गरेको थियो ।  ‘प्राधिकरणले उडान अनुमति जारी गरेपनि जापानको ओसाका विमानस्थलले अनुमति नदिएपछि अहिले अन्यौल देखिएको छ’ निगमका एक उच्च अधिकारीले भने, ‘अहिले फेरि नारितको लागि आवेदन दिएका छौ ।’

निगमले खरिद गरेका दुई थान एयरवस ३३०–२०० वाइडवडी सिरिजका गन्तव्य नहुदाँ छोटो दुरीमा जहाजको उडान भर्दै आएको छ ।

निगमले सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान गरेको थियो । जहाज अभाव हुदैं गएको पछि आर्कषक मानिएको जापानको गन्तव्य निगमले गुमाएको छ ।  विगतमा निगमले हाल रहेको बोइङ ७५७ सिरिजको न्यारोवडी जहाज मार्फत ओसाका उडाउँदै आएको थियो ।

नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावोलकन भएको थियो । हवाई सम्झौतासंगै नेपाल र जापनबीच अव सातामा १४ वटा सम्म उडान गर्न पाउने सहमति रहेको छ । यसअघि सातामा २ वटा मात्रै उडान गर्न पाउने सम्झौता रहेको थियो ।

नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थल बाहेक सवै विमानस्थलमा उडान गर्न पाउने सहमति भएपनि ओशाकले निगमलाई अनुमति नदिएको हो ।
जापानमा नेपाली विद्यार्थी तथा रोजगारी भिषामा वर्षेनी हजारौ जाने गरेका छन् । हाल १ लाख भन्दा बढी नेपालीहरु  जापानमा रहेको अनुमान छ ।  भने जापानसंग सिधा हवाई उडान नहुदाँ नेपाल आउने जापनिज पर्यटकको संख्या समेत बढन् सकेको छैन ।

नेपालमा जापानबाट बाट सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएका छन । सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार ४ सय १२ पर्यटक नेपाल भित्रिएकोमा सन् २०१७ मा पनि २७ हजार ३ सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

निगमसंग हाल दुई थान वाइडवडी, दुई थान एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एक थान बोइङ ७५७ सिरिजको न्यारेवडी जहाज मार्फत ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार