शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीको सुरक्षा व्यवस्था कडा, टीकापुरमा थप सुरक्षाकर्मी परिचालन

कैलालीको सुरक्षा व्यवस्था कडा, टीकापुरमा थप सुरक्षाकर्मी परिचालन

  • बुधबार, फाल्गुन २२, २०७५
कैलालीको सुरक्षा व्यवस्था कडा, टीकापुरमा थप सुरक्षाकर्मी परिचालन

कैलालीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुद्दामा फैसला सुनाएपछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सर्तकता अपनाईएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुरमा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव सिहले अदालतको फैसलालाई लिएर हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको बताए। उनले संघीय प्रहरी कार्यालय धनगढीबाट ४० र प्रहरी गुल्मबाट ३० गरेर थप ७० जना प्रहरी थपिएको जानकारी दिए।

उनका अनुसार भजनी, जोशीपुर, बौनिया र टीकापुर क्षेत्रमा उच्च सुरक्षा सर्तकर्ता अपनाईएको छ। यस्तै सशस्त्र प्रहरीले समेत आवश्यक परेमा थप सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरिक्षक विष्णु भट्टले जिल्लाभरको अवस्था बारे सूचना संकलन गरिरहेकाले आवश्यकता परेमा थप सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार