शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रथम साधारण सभा सम्पन्न

प्रथम साधारण सभा सम्पन्न

  • आइतवार, फाल्गुन १९, २०७५
प्रथम साधारण सभा सम्पन्न

बडिमालिका खबर
फागुन, १९
बडिमालीका सामुदायीक विकास समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सहास नेपाल सिफल्स परीयोजना को आर्थीक सहयोग र वडिमालीका सामुदायिक विकास समाजको अयोजनामा सम्पन्न भएको हो ।
साधारण सभामा सहास नेपाल सिफल्स परियोजनाले बाजुरामा बिगत लामो समय देखि काम गर्दै आएको र संस्थाले गाँउघरका हरेक बिपन्न बर्गका परिवार लाई सहयोग गरेको छ । समाजमा भएका अनाथ असाहय, बालबालीका जेहान्दार परिवारलाई र गाउँमा बिकास नभएको ठाउमा बिकासको बाटो देखाएको छ । साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख कबिता बिष्टले संस्थाले गाँउका गरिब तथा असाहायका लागि साहाराको बाटो देखाएकोप्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि संस्थाबाट सहयोगको अपेक्षा गरेको बताए ।
त्यसैगरी प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकायाले सहासनेपालले बिपन्नबर्गलाई लक्षीत गरी कार्यक्रम संचालन गरेकोमा र आगामी दिनमा पनि दरिएका बस्तीहरुलाई लक्षीत गरी आफ्ना कार्यक्रम संचालन गर्न आग्रह गरे । वडिमालिका सामुदायिक विकास समाजका अध्यक्ष पुर्ण बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी समन्वय प्रमुख नरेन्द्र रोकाया रहेका थिए भने बिशिष्ट अतिथी नगर उप प्रमुख कबिता बिष्ट, गैरसरकारी संस्था महासघका अध्यक्ष अग्नीराज शाही पत्रकार महाँसघ अध्यक्ष प्रकाश सिह, गिप्ट बाजुराका र्काक्रम प्रबन्धक कृष्ण अधिकारी रहनुभएको थियो । कार्यक्रमको संञ्चालन सामाजीक परिचालक दिपक धामीले गरेका थिए । बडिमालीका सामुदायीक विकास समाजका सदस्य बिनीता राबलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजीकरण साहस नेपाल सिफल्स परियोजना अधिकृत राम बहादुर खत्रीले गर्नुभएको थियो । साथै आजै विकास समितिको समिति पुर्नःठगन पनि गरिएको छ । जसमा अध्यक्ष पुर्ण बहादुर रोकाया मानाकोट, उपाअध्यक्ष लक्ष्मी ओली आटिचौर, कोषाअध्यक्ष भर्मपाल मिजार बुढीगंगा, सचिव विनिता रावल जुगाडा, सहसचिव काँसी बोहरा दहकोट, सदस्य लाल ऐडी, लगायत १३ जना सदस्यीय समिति गठन गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार