• होमपेज
  • समाचार
  • मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

  • शुक्रबार, फाल्गुन १७, २०७५
मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

१७ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन् ।

मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए ।

त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले श्रद्धाञ्जली सभामा जानकारी दिए । उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।

पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।

अनलाइन खवरबाट

 

चर्चामा

सम्बन्धित समाचार