बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • टीकापुरलाई पत्र

टीकापुरलाई पत्र

  • बिहिबार, फाल्गुन १६, २०७५
टीकापुरलाई पत्र

 मिति:-२०७५/०३/१६

धनगढी प्रीय टीकापुर…!

कहाँबाट सुरुगरु म, कुन शब्दले सम्बोधन गरु सायद कमीहुनेछ तिमीलाई मेरो सम्बोधन…! तैपनी स्वीकार गर या नगर मत केवल प्रीया तिमीभनेर सम्बोधन गर्न चाहान्छु। मैले तिम्रो गुणगान धेरैको मुखबाट सुनेको थिएँ टिकापुर यस्तो छ, टीकापुर उस्तो छ, त्यतीखेर मलाई भित्री मनैदेखी आत्मग्लानीले पिरोली रहन्थ्यो कि तिम्रै समीप हुँदा पनि म तिम्रो छेउ सम्म पुग्न सकिन। “नजिकको तिर्थ हेला” भने जस्तै भो मेरा लागी । मैले तिमीलाई भेट्ने योजना बनाए पनी कुनैन कुनै काम बिशेषले सोचे जस्तो भएन। तिमी भेट्ने मेरो सपना बहाना मात्र बनिरह्यो। जे होस ढिलै भए पनी आफ्नो कामको खातिर तिम्रै क्षेत्रमा मैले काम गर्ने शौभाग्य पाएकोमा र खुशीपनी तिमीसङ्गै साट्न पाउँदा सुखानुभुतीले मेरो तनमन नै प्रफुल्लित छ। तिमी त स्वर्गबाट झरेकी हिराको टुक्रा रहीछौ । अनि प्रकृतीको अनुपम उपहार तिमी…! तिमीले राजामहाराको त नयन लोलाउने बनयौ भने म एक प्रजा हुँ। मैले तिम्रो बयान गरीरहँदा यो बयान नै तिमीलाई फिक्कालाग्ने छ।

म पुरापुर तिम्रो बारेमा बयान गर्न पनी सक्दिन यो त मेरो कोसी समात्र हो। तिमी त्यत्तिकै चर्चामा छौ नाम कमाएकी छौ र दामपनी तर दामको तिमीलाई के मतलब तिम्रो सौर्न्दर्यको फाइदा त मुन्छे भन्ने जात लेपो लुटीरहेछ नोटमा तिम्रो सुन्दरता साटेर……..! सर्बप्रथम म स्वर्गीय श्री खडक बहादुर सिहँलाई सोलिट गर्न चाहान्छु, जसले तिम्रो प्राकृतिक सुन्दरतामा थप बुट्टाभर्ने, रङ्ग रोधन गर्ने र टीकापुरलाई एक उदाहरणिय तथा पर्यटकीय नगरीको नक्साङ्कन गरी आफू मरेर गए पनि तिमी सङ्गै आफ्नो नासो छोडेर गए सदाका लागी कहिल्यै नफर्किने गरेर। जब छोटो समयका लागी कामले तिमीसङ्गै लुकामारी खेल्ने अबसर मिल्यो जसले गर्दा म आफै हर्षित छु । तिमी मैले सोचे भन्दा र सुने भन्दा बृहत् फरक रहीछौ। मेरो सोचाइ सङ्कुचित रहेछ, तिम्राबारेमा मलाई कुरा सुनाउने र कुरा काट्नेहरुको हेर्ने दृष्टिकोण अलि फरक रहेछ। सोह्रसत्रे जवानी नारीको जवानीले जुनसुकै उमेरका लोभी पुरुषलाई आफुप्रती आकर्षण गरेझैं तिमीमा पनी आकर्षक क्षमता छ,त्यही भएर त हाम्रा राजा महेन्द्र, विरेन्द्रका स-परीवार तिम्रै छातिमा विश्राम लिन आउने गर्थे। मलाई पनी तिम्रै मुटुमा सुटुक्कै बसाइँसराइ सर्न मनछ,तर यो मेरो एक अविस्मरणीय सपना मात्र बन्ने छ। तिमी त प्रजा देखि राजासम्म,गरीब देखि धनीसम्म, बालक देखि वृद्धसम्म र हरेकलाई मोहितपार्ने सुन्दरी हौ तिमी…. निराशालाई आशा दिने आशको खानी हौ । मेरो मात्र नभएर दुनियाँ कै एक नानी हौ। स्वर्गैबाट झरेकी तिमी नैना अनि अप्सरा झैँं, राजालाई नै मोहित पार्ने टीकापुरे रानी हौ।।

प्रीय…!

छोटो समयमा भए पनी तिमी प्रती म आकर्षित हुनु स्वभाविकै हो। तिम्रो साथमा अनेकन प्रकारका मान्छेहरु छन्। धनी, गरीब, बेरोजगारी, सडकपेटी धाउने, विकृती र विसङ्गती फैलाउने, शिक्षित, अशिक्षित, परीश्रमी र म जस्तै कलमको साहाराले तिम्रो नाम केरमेट गरी टाढा सम्म शन्देस फैलाउने आदि आदि। सबैलाई आ-आफ्नै स्थान दिएर झुलाइ रहेछौ, भुलाइ रहेछौ, साथ दिइरहेकी छौ कसैलाई निरास बनाउन आउदैन तिमीलाई….! तिम्रो मुटु भनेकै पार्क हो। जहाँ अनेकन मान्छेहरु आफ्नो योजना बनाएर कार्यक्रम संचालन गर्न, युगल जोडीहरु माया साटा साट गर्न र भरपुर आनन्द लिन र तिम्रो स्वच्छ हराबरा वातावरणमा लिप्तभइ त्यो पललाई मीठो र अविस्मरणीय पल बनाउन चाहान्छन्। युगल जोडीको प्रशङ्ग जोडीरहदा मलाई मिठो अतितले कोट्याइ रहेर भित्रभित्रै….! मपनी उनीलाई चाहान्थे माया गर्थे आफुलाई भन्दा धेरै, उनीपनी उस्तै गर्थिन् माया। हाम्रो माया झाँङ्गिदै गयो आकाशे लहरो झैँ झनझन। एक्कासि मेरो जीवनमा ठूलो बज्रपात भयो म बिरामी भए त्योपनी दिर्घ। मैले चाहेर पनि उनीलाई समीप हुन त के छुनपनी दिइन। किनकी म त खाएर फालिएको केराको बोक्रा जस्तै भएकोले। समय बित्दै गयो, उनले आफु बिहे गर्ने कुरो मलाई फोनबाट सुनाउदा म अग्लो छाँगाबाट खसेर मर्न नसकेको घाइते जस्तै भए। तैपनी मैले भने ओके बिहे गर जहाँहुन्छौ जोसङ्ग हुन्छौ खुशी हुनु मेरो अग्रिम शुभकामना भनेर फोन राखेको हप्तादिन नपुगदै उनले मलाई टिकापुर पार्कबाट फोन गरेको र कुनै दिन समय मिलाएर हजुर घुम्न आउनु जहाँ एक्लै भए पनी मसङ्गै भएको आभास हुनेछ। त्यो वर्षौं पहिलेको उनको स्वर टिकापुर जानलाई लम्की चौराहामा मेरो गुरुले स्टेरीङ्ग घुमाउदै गाडीमोड्दा कानमा गुन्जीरह्यो पल पल। अनि मनमा अनेक सङ्का र कौतुहलता उब्जिन थाले। ओहो कुरो त अन्तै पो मोडिएछ।

अन्त्यमा…. प्रीय टीकापुर…….. अझैँ प्रगति हुदै जावस मेरो अग्रिम शुभकामना। तिमी प्रति सधैँ मेरो सहयोग र समर्थन रहनेछ। तिमीलाई आ-आफ्नो क्षेत्रबाट सकारात्मक सोच राखी सहयोग गर्ने मनहरुलाई हृदयदेखी नै सुमन टक्र्याउन चाहान्छु। तिम्रोलागी त्याग तपस्यागर्न नसकेपनि समर्पित हुननसकेपनि म मेरो क्षेत्रबाट तिम्रो नामलाई कलमको माध्यमले चारैतिर फैलाउने छु यही प्रतिज्ञाका साथ यो पत्रको बिट मार्ने अनुमती तिमी बाटै माग्दै विदा हुन्छु कलम बन्द।

सुरेन्द्र शाही”गुलाब कान्छो”

साझा संचार नेपाल प्रा.ली.काठमाडौं

कार्यक्रम संयोजक प्रदेश नं.७

चर्चामा

सम्बन्धित समाचार