शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कर्मचारी नहुँदा काम गर्न समस्या

कर्मचारी नहुँदा काम गर्न समस्या

  • बिहिबार, फाल्गुन १६, २०७५
कर्मचारी नहुँदा काम गर्न समस्या

बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमा कर्मचारी अभाव भएको छ । कर्मचारी नहुँदा स्थानियको काममा अस्तब्यस्त रहेको छ । जिल्लाका विकट ठाँउमा रहेका गाँउ पालिकामा भने झनै समस्या भएको छ । कर्मचारी नहुँदा गाँउपालिका र नगरपालिकाको सेवा लिनका लागि समदरमुकाममै पुग्नु पर्ने बाध्यता रहेको छ । हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने नयाँ संरचना आयो भनेको त झन काम गर्न उस्तै समस्या रहेको वताए ।
सिहदरवारको अधिकार गाउगाउमा भने पनि स्थानिय सेवाग्राहीलाई सुर्लभ सेवा दिन नसकेको वडा अध्यक्ष हरूले बताएका छन् । गाउमा सबै सेवा उपलब्ध गराउने भनेर चुनावि प्रचार गरियो तर कर्मचारी ब्यबस्थापनमा समस्या भएकाले जनताको माग पूरा गर्न नसेको र कर्मचारी ब्यबस्थापन समितिले पनि ढिलाइ गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्म राज पाध्यायले बताएका छन । कर्मचारी छैन कसरी वडा कार्यलय चलाउने उनले वताए । कार्यलय सचिब देखी वडा अध्यक्ष सम्म सबै काम आफैले गर्ने गरेको पाध्यायले वताए ।
गाँउपालिका र नगरपालिकामा वडा कार्यलय समेत स्थापना भईसकेको छन् तर कर्मचारी भने एक जना पनि नभएको छ । अहिले केही काम त वडाअध्यक्षहरुले गरिरहेका छन् भने केही कर्मचारी नहुँदा निकै प्रभाबित भएका छन् । दुर्गममा भने पहिला जस्तै कर्मचारी बस्न नमान्ने अबस्था रहेको छ । बडिमालीका नगरपालिका नगर प्रमुख पदम बढुवालले भने ९ वटै बडाहरुमा एकजना वडा सचिबले सम्माले गरेको वताए ।
चुनावि प्रचारमा विभिन्न नारा लगाएका नेता तथा स्थानिय जनप्रतिनिधिले आफुले सोचे जस्तो सेवा प्रभाह नभएको स्थानिय बासीले बताउने गरेका छन । जिल्लाका ५ गाउपालिका र ४ नगरपालिका गरि ९ वटा स्थानिय निकाय रहेका छन् । जिल्ला भरी ६९ वडा रहेका छन् । यि स्थानिय निकायका वडामा १ सय २९ जना प्रशासनिक कर्मचारी अभाव रहेको जिल्ला समन्वय सभापति नरेन्द्र कुमार रोकायाले वताएका छन् । वडामा सुब्बा स्तरको कर्मचारी हुनु पर्ने ब्यबस्था भएपनि खरीदार समेत नभएको रोकायाले वताए । कर्मचारी ब्यबस्थापन समितिले भने कर्मचारी आबस्यक भनेर सामान्य प्रशाससन मन्त्रालय लगायत अन्य निकायमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताएका छन् । एउटा नगरपालिका भरी सबै वडामा एकजना सचिबले मात्र काम चलाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार