शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सेनाले महाशिवरात्री बिभिन्न कार्यक्रम गरेर मनाउने

सेनाले महाशिवरात्री बिभिन्न कार्यक्रम गरेर मनाउने

  • बुधबार, फाल्गुन १५, २०७५
सेनाले महाशिवरात्री बिभिन्न कार्यक्रम गरेर मनाउने

बाजुरा १५,फाुगन
बाजुरामा रहेको नेपाली सेना महाशिवरात्रीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । हिन्दु धर्मालम्वीहरुको पर्वका रुपमा रहेको उक्त दिन समरजीत गुल्म थापाथलीले व्यारेकले खेलकुद र सरसफाई कार्यक्रम गरी मनाउने नेपाली सेना बाजुराका गुल्मपति प्रलाह घलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार महाशिवरात्रीको अवसरमा फागुन १८ गते बडीमालिका मन्दिर बृहत सरसफाई गरिने छ । यसैगरी १९ गते बडीमालिका मैत्री भलिबल प्रतियोगिता र २० गते पाँच हजार दौड प्रतियोगिता संचालन गरिने गुल्मपति घलेले बताए । उनले भने महाशिवरात्रीको अवसरमा आयोजना गरिने सरसफाई र खेलकुदका कार्यक्रममा सबैले भाग लिन पाउने बताएका छन् ।
भलिवल र दौड खुला प्रतियोगिता भएका कारण इच्छुकहरुले सहभागिता जनाउन पाउने गुल्मपति घलेको भनाइ रहेको छ । १८ गते विहान संचालन हुने बडीमालिका मन्दिर सरसफाईमा सबैलाई सहभागिताका लागि नेपाली सेना बाजुराले आग्रह गरेको छ ।
सरसफाई एक महत्वपुर्ण भएकाले जिल्लामा रहेका जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीयबासी सुरक्षाकर्मी पत्रकार र सर्व साधारणको सहभागिताका लागि आग्रह गरिएको समरजीत गुल्म बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार