शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • चिसोले एक महिना देखी पढाइ प्रभाबित

चिसोले एक महिना देखी पढाइ प्रभाबित

  • बुधबार, फाल्गुन १५, २०७५
चिसोले एक महिना देखी पढाइ प्रभाबित

बडीमािलका समचार
बाजुरा १५ फागुन
एक महिना देखिको हिमपात र वर्षाले बाजुराका अधिकांश बिद्यालयमा पढाई प्रभाबित भएको छ । जिल्लाका अधिकांश बिद्यालयको पढाई निकै प्रभाबित भएको छ, अहिले सम्म पनि राम्रो सँग बिद्यालय सञ्चालनमा आउन नसकेको शिक्षा विकास तथा समन्वय ईकाइका निमित्त प्रमुख रमेश बहादुर जनालले वताएका छन् । बिद्यालय सञ्चालनमा त छन्, बिद्यार्थी नियमित उपस्थित हुन नसकेको उनले वताए ।
बजुरामा १ सय ८६ आधारभुत बिद्यालय, ६२ वटा माबि, २ सय २३ वालविकास केन्द्र रहेका छन्, भने ३० वटा निजि बिद्यालय रहेका छन् । हिमाली भेगका केही बिद्यालयमा पौष १५ देखी माघ १५ गते सम्म एक महिना हिउँदे बिदा दिने ब्यबस्था रहेको छ, तर अहिले सम्म पनि हिउँ पर्न नरोकिएपछि पढाई निकै प्रभाबित भएको हिमाली आधारभुत्त बिद्यालयका शिक्षक अनिल कुमालले वताएका छन् । जाडो बिदा एक महिना पनि लगेको हो, माघ १५ बाट बिद्यालय सञ्चालनमा ल्याएका छौ, चिसोले बिद्यार्थी कम आउने गरेको उनले वताए ।
बाजुराको हिमाली क्षेत्रमा रहेको हिमाली गाउपालिकामा २४ वटा बिद्यालय रहेका छन्, । धेरै बिद्यालयमा हिमँपात अहिले पनि भइरहेको छ, पढाई निकै प्रभाबित भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । बिद्यालय सञ्चालन भएपनि तल्लो तहका कक्षाहरु सञ्चालनमा आउन निकै समस्या भएको, चिसोले वालवालिका बिद्यालय आउन नमान्ने गरेको मल्लले भने ।
बिद्यालय सञ्चालन त गरेको छु चिसोले बालबालिकाहरु पढ्नै नआउने आएकाहरुलाई पनि आगो बालेर तताउनु पर्ने अवस्था रहेको बडिमालिका नगरपालिका ७ रहेको सरस्वती आधारभूत्त प्राभामिक विद्यालयका प्रअ हस्तबहादुर धामीले बताए । बिद्यार्थिहरुको वर्षिक परिक्षा आउन एक महिना पनि बाँकी छैन स्कुलमा राम्रोसंग बढाई नभएको १ महिना भन्दा बढि भैसक्यो फेरी कति दिनसम्म बाधा हुने हो प्रअ धामीले बताए ।
फेरी हिमँपात
बाजुरामा फेरी हिमपात सुरु भएको छ । माघ सात गतेबाट सुरु भएको हिमपातसंगै भारी वर्षाले उच्च भागका जनताको जनजीव अस्तव्यस्त बनेको छ । माघ ७ गतेबाट बाजुराको उच्च हिमाली क्षेत्रमा हिउ र बेशितिर वर्ष हुदै आएको छ विचमा छिटफुट हुदै आएको थियो । फेरी सोमबार बाट लगातार हिमँपात र बर्षा शुरु भएको छ ।
बर्षा र हिमँपातले बाजुराका ग्रामीण सडकहरु बन्द भएका छ । हिमपात र अत्याधिक वर्षाले बाजुराका ग्रामीण सडकहरु हिलाम्मे भएर ग्रामीण सडकहरु अबरुद्ध भएका जयमाालिका यातायात प्रालीका चक्र बडुवाले वताए । यातायात बन्द हुदा कामको लागी सदरमुकाम आउने र जानेलाई जानेलाई समस्या भएको स्थानीयहरुले बताएका छन् । बढी जसो समस्या बिरामी बालबालिका र बृद्धबृद्धाहरुलाई भएको छ । पूर्वी उत्तरी क्षेत्रको कोल्टिमा रहेको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिबाट रिफर गरेका बिरामीहरुले बढी समस्या भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए ।
टेलीफोन सेवा अबरुद्ध
लगातारको हिमपातसंगै आएको पानिका कारण बाजुराको पूर्वी उत्तर क्षेत्रको टेलिफोन सेवा अबरोध भएको छ । माघ ७ देखी बाजुराका उच्च हिमाली क्षेत्रमा हिउ पर्नुका साथै औलत बेसी तीर आएको पानिले गर्दा टेलिफोन सेवा अबरोध भएको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख माधब जोशीले बताए । बडिमालिका नगरपालिकाको पोरखे लेकको कालाजाग्रामा रहेको रिपीटर टावरमा चट्याङले क्षेती पु¥याएको र हिउ बाक्लो भएर प्राविधिक जान अप्ठेरो भएकोले समस्या भएको नेपाल टेलीकम बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार