बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • भारतको कोठिमा यौन पिडा सहदै नेपाली चेली

भारतको कोठिमा यौन पिडा सहदै नेपाली चेली

  • सोमवार, फाल्गुन १३, २०७५
भारतको कोठिमा यौन पिडा सहदै नेपाली चेली

प्रकाश सिंह
फाल्गुण, १३

बुटवल घर भएकि सरिता श्रेष्ठ (नाम परिर्वतन) तिन बर्ष देखि भारतको दिल्लीमा यौन शोषणमा पढिरहेकि छन् । भारतमा नौकरी लगाई दिने नाममा नेपालको सुनौली वोडर बाट दलाल मार्फत उनि दिल्लिको कोठिमा पुगेकि हुन् ।
कोठिमा बिक्रि भएको २ बर्षमा उनि बन्दक रुपमा पुरुषको यौन शोषणमा पढि रहिन्, जब आफु यौन व्यपारमा समर्थन जनाउने भएपछि पुनारो दिल्लिको दिल्ली रलेवे स्टेशन नजिकमा रहेको “जिवि रोडमा” (यौन ब्यबसाय हुने ठाँउ) रहेको कोठिमा छन् । उनि ६४ नम्मवरको माथिल्लो तलामा छन् । दैनिक उक्त तलामा आउने पुरुषको यौन शोषणमा पढिरहेकि छन् ।
दिपक गुरुङ नामको पुरुषले आफुलाई दिल्लिमा पुयाएको सरिताले वताईन् । जब कोठिमा बिक्रि भएको समयमा ‘दैनिक पिटने, खाना नदिने रात दिनमा यौन क्रियाकलापमा भाग लिने पिडा भोगेको वताईन्’ । २ बर्ष सम्म यो पिडा सहिसकेपछि, बाध्यताले अनि आफुले यो क्रियाकलापमा लागेको वताईन् । अहिले आफ्नो एक जना पुरुष सँगको एक पटक यौन सम्पर्क गरेको दर छ सय भारती रुपैया रहेको छ, यसमा आफुले २० प्रतिशत रकम आफुले पाउने गरेको वताईन् ।
सरिता जस्तै पाचँथरकि विना मगर (नाम परिवर्तन ) को पिडा पनि कम छैन । उनि पनि ४ बर्ष देखि उक्त कोठिमा यौन शोषणमा पढिरहेकि छन्, उनि एकजान केटाले विवाह गरने नाँउमा आफुलाई दिल्लिको कोठिमा पुयाएको वताईन् । “आफ्नो वेईज्जत भइसक्यो, आफु भने नेपाल नफर्कने गएमा अपमान हुने भएकाले नजाने वताईन् । केटाको कुरामा फसीयो, जे होला जीन्दगी बिग्ररीसक्यो गएर पनी के हुने हो वीनाले भनीन्” । त्यस्तै रमा मगर नाम बताउने महिलाले भने आफ्नो जिल्ला वताउन चाहिनन् । उनले भनिन्, “जहाँ त आफु गरिब भएर जन्मेयौ, रोजगारी लगाईदिने प्रभोलोभन देखाएपछि आफु दिल्ली पुगेको वताईन् । शुरुका केही महिना बन्दक बनाएर राखे, दिना सम्म दुख दिए, अन्तिममा समर्थन जनाएपछि आफुलाई यो कोठिमा ल्याएर राखेको बताईन्” । उद्धार गरेमा नेपाल जान चाहेको वताईन् । उनले थपिन् ‘कैदी कारागारमा त अलीकम हुन्छ होला, यता बजार समेत जान पाईदैन खुला आकाश हेर्न पनि ईश्वरको दर्शन गरे जस्तै हुने गरेको वताईन्’ । यौन ब्यबसायमा समर्थन जनाएको भएपनि कोठि बाट बाहिर भने निस्कने नदिने गरेको उनले भनिन् ।
केहीले कुरा गर्न मानेनीन र खुलेर बोल्न समेत चाईनन्, केहीले मात्र कुरा गरिन । अधिकांशले उद्धार गरेमा आफुहरु घर फर्कने वताएकि छन् । केही युवतीहरु काठमाडौ र पोखराका डान्सवारमा पहिला काम गरेको वताएकि छन् । डान्सवारमा काम गरीरहँदा भारतमा आर्कषक तलब दिने भन्दै पुरुष दलालको लहलहिमा आफुहरु भारतको कोठिमा पुगेको वताएकि छन् । नेपालका डान्सवार पाँच छ हजारमा काम गरथ्यौ, दिल्लीमा २० हजार भारती सम्म पाउने प्रभोलोभवन देखाएपछि आफुहरु आएको रिता नाम बताउने केटीले वताईन् । रोडमा हिडिरहँदा पनि भारतिय दलाल महिलाले पुरुषलाई हिन्दीमा यता आउ भाई, यता आउ भाई भनेर कराउने (इधर आ भाइसाव) रोडमै पुरुषलाई बोलाउने काम हुने गरेको छ । रोडमै दलाल महिला पुग्ने र नेपालीलाई लुटने समेत गरेको नजिकै चौकिदारी गरीरहेको धन चदाराले वताए । रोडमा नेपालि लुटिदा समेत प्रहरी भने मुखदर्शक हुने गरेको धनले थपे ।
दिल्लिमा रहेको यो यौन ब्यबसाह कोठि बैद्यानिक रहेको छ । उक्त जिवि रोडमा १० ओटा कोठि रहेका छन् । एउटा कोठिमा ५ वटा तला रहेका छन् । नेपालि केटि ६४ नम्मवर कोठि र ५८ नम्मवर कोठिमा वढी रहेका छन् । यि दुवैमा करिब ५ सय भन्दा बढि नेपालि केटि रहेको नेपालि जनसम्पर्क समिति करौलावाग क्षेत्रका अध्यक्ष खकेन्द्र बहादुर सिंहले वताएका छन् । प्राय १६ बर्ष देखि ३० बर्ष सम्मका युवतीहरु मात्र त्यहाँ रहेका छन् । यि नेपालि महिलाको एक जना बाट एक पटक यौन क्रियाकलाप गरेको २ सय रुपैया देखि ६ सय सम्म भारती रुैपया लिने गरेका छन् । एक रातको भने २ हजार देखि ३ हजार भारती रुपैया लिने गरेको सोहि नजिक रहेको कमला बजारमा ४ बर्ष देखि चौकिदार गरिरहेका अम्म नेपालिले वताए ।
नेपाल बाट विवाह र जागिर लगाउने नियुमा दिल्लिको यी कोठिमा नेपालि केटी बिक्रि हुने गरेका छन् । दुई तिन बर्ष सम्म कारागार झै बन्दक बनाएर राख्ने गर्छन, अनि उनिहरुले बिस्तारै बन्दक बाट कम गर्ने भएपनि घर परिवार बाट अपेलित हुने भएकाले आफुहरुले बाध्य भएर काम गरिरहनु परेको काभ्रे घर जनाउने एक महिलाले वताईन् । यो कोठिमा सयौ नेपालि महिलाका यौन शोषणमा रहेको नेपालि राजदुतावास लगायत अन्य भारतमा काम गर्ने केही निकायलाई थाहा भएपनि यसमा भने कुनै वास्ता नगरेको वताए । नेपालका पुर्वका जिल्लाका युवतीहरु बढी रहेका छन् । सबै भन्दा बढि बुटवलको सुनौली विराटनगरको जागवनी, बिरगञ्जको रक्सौला बाट भारत पुयाउने गरेको कोठिमा काम गर्ने युवतीले वताईन् । फाटफुट रुपमा महेन्द्रनगरेको गडाचौकी, नेपालगञ्जको रुपडिया, धनगढीको गौरिफन्टा, इलामको पशुपति नगर बाट पनि युवती जाने गरेको ति युवतीहरुले वताएकि छन ।
यो कोठिमा नेपालि र भारतका बिभिन्न ठाँउका गरेर २ हजार भन्दा बढि महिला रहेको छन् । नेपालि महिला भएको ठाँउमा काउन्टरमा समेत नेपालि रहेका छन् । त्यो भित्र गएमा केही भनौ भनेपनि आफै माथि प्रहार हुने डरले पनि केही गर्न नसकेको नेपालिले वताएका छन् । भारतको पनि बिहारी मुलको युवतीहरु बढि मात्रामा रहेका छन् । यसमा भारती प्रहरी समेतको मिलोमतो हुने गरेको पाईएको छ । यो ठाँउ दिल्लिको दिल्ली रलेवे स्टेशन नजिकमा रहेको जिवि रोडमा नेपालि चेलिहरु बिक्रि भएर यौन शोषणमा परिरहेका सुनेको थिए ।

चर्चामा

सम्बन्धित समाचार