मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • ८ जिल्लाका सिडिओ फेरिए, कसलाई कहाँ ?

८ जिल्लाका सिडिओ फेरिए, कसलाई कहाँ ?

  • सोमवार, फाल्गुन १३, २०७५
८ जिल्लाका सिडिओ फेरिए, कसलाई कहाँ ?

१३ फागुन, काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

 

रौतहटको कामु सिडिओमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्ट दार्चुलाका सिडिओ भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रजिअका रूपमा कार्यरत सुरेशसुनार बझाङका सिडिओ भएका छन् ।

भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

चर्चामा

सम्बन्धित समाचार