बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बाजुराका दुई पत्रकार सम्मानित

बाजुराका दुई पत्रकार सम्मानित

  • मङ्लबार, फाल्गुन ७, २०७५
बाजुराका दुई पत्रकार सम्मानित

बडीमालिका खवर
बाजुरा ७ फागुन
बाजुराका २ जना पत्रकार छुट्टा छुट्टै कार्यक्रममा सम्मानित भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला इन्र्चाज तथा बडीमालिका खवरका कार्यकारी सम्पादक र राससका जिल्ला सम्वादाता सम्मानित भएका हुन ।
कार्यक्रममा इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहलाई उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारले सम्मानित गरिएको थियो । उत्कृष्ट जिल्ला प्रतिनिधि सिंहलाई कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रशांसा–पत्र तथा ७ हजार रूपियाँ नगद पुरस्कार हस्तान्त्रण गरेका थिए । त्यस्तै बाजुराबाट राष्ट्रिय समाचार समिति ( रासस) का बाजुरा प्रतिनिधि गंगराज पण्डित पनी राससबाट सम्मानित भएका छन । राससको ५८ औं बार्षिक उत्सवको अवसरमा सुदुरपश्चिम प्रदेशबाट उत्कृष्ट सम्वाददातको रूपमा प्रदेश सभामुख ज्युबाट पण्डित सम्मानित भएका हुन ।


सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिकिकरण कार्यक्रम पनी सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशको मानव अधिकार अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा पुस्तकको सार्बजनिकीकरण भएको हो ।
सुदुरपश्चिम प्रदेश सभाका माननिय सभामुख तथा कार्यक्रमका प्रमुख अथिति अर्जुन बहादुर थापाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीरकण गरेका हुन ।
कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभाका सभामुख थापले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा मुलुक भरी भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू पुस्तकको माध्यमबाट सार्वजनिक गर्दै आउनुले राज्यलाई मानव अधिकार प्रति थप जवाफदेही र जिम्मेवार बनाउन मदत पुगेको धारणा राखेका थिए ।
उनले भने – ‘अन्य प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरूमा कमी देखिएको छ । यो सकारात्मक पक्ष हो । तर, आगामी वर्षमा उल्लङ्घन र ज्यादतीका घटनामा उल्लेख्य कमी ल्याउनका लागि प्रदेश सभा र प्रदेश सरकारले सोही अनुरूपको अयोजना ल्याई अगाडी बढनु पर्दछ । यसका लागि सवै पक्ष र निकायहरूको साझा सहकार्य र समन्वय आवश्यक छ ।’
कार्यक्रमका विशिष्ट अथिति तथा सुदूरपश्चिप प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्ययले राज्यको काम गर्ने शैली र व्यवहार अहिले पनि परिवर्तन नभएकोले मानव अधिकारको संरक्षण,सम्र्वधन र परिपुर्ती नभएको बताउदै यसका लागि राजनीतिक सस्कार र सरकारको कार्यशैलीमा परिवर्तन हुन आवश्यक भएको बताए ।
माननिय डिल्लीराज पन्तले आगमी वर्ष इन्सेकले प्रकासन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक बिभिन्न सरोकारवालाहरूले दिनु भएको महत्वपुर्ण सुझावहरूलाई ध्यायनमा राखेर प्रकासन गर्न आग्रह गरेका थिए ।
उनले भने – ‘पुर्णता कसैबाट पनि आउदैन । वर्ष पुस्तकलाई पनि समयसापेक्ष बनाउन आवश्यक छ । घटनाको सङ्ख्या मात्रै नभएर यसलाई थप बिश्लेषणात्म बनाउनु पर्छ ।,
राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीमा प्रमुख झंकरबहादुर रावलले इन्सेकले प्रकासन गरेको वर्ष पुस्तक राष्ट्रिय मानव अधिकार आयोग लगायत मानव अधिकारसँग सरोकारराख्ने अन्तराष्ट्रिय निकायहरूका लागि समेत सन्दर्भ सामाग्रीका रूपमा उपयोगी रहेको धारणा राखेका थिए ।
वारका केन्द्रीय उपाध्यक्ष गंगाराम पाध्यायले नेपाल मानव अधिकार वर्ष पुस्तकमा नेपालको संविधानले ग्यारेन्टी गरेका मौलीक हकको कार्यान्वयको अवस्थाको बिश्लेषण समावेश गरीनु पर्ने सुझाव दिएका थिए ।
वारका पुर्व उपाध्यक्ष जोहारी लाल चौधरीले राज्यले परिपुर्ती दिन नसकेका, घटनाको अनुसन्धान नगरेका कारण पीडितले न्याय पाउन नसकेको अथाव वर्ष भरि कुन क्षेत्रमा वा कुन कुन घटनामा राज्यले के गर्न सकेन भनेर वर्ष पुस्तकमा समेटिनु पर्ने सुझाव दिएका थिए । मानव अधिकारको उल्लङ्घन राज्यबाट हुने भएकोले अपराधका घटनाहरूलाई मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नु सान्द्रभिक नभएको बताए ।
गैर सरकारी संस्था माहासङ्घका केन्द्रीय सचिव धर्मराज पाठकले इन्सेकले लामो समयदेखि मानव अधिकारको संरक्षण र सम्वर्धनमा गरेको कार्य प्रशांसनिय भएको उल्लेख गर्दै आगामी दिनमा आर्थिक,समाजिक तथा सास्कृतिक अधिकारका विषयमा इन्सेको वर्ष पुस्तक केन्द्रीत हुनु पर्ने सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार