मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी

प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी

  • मङ्लबार, फाल्गुन ७, २०७५
प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी

बडीमालिका समाचार
बाजुरा ७ फागुन
राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज बाजुरामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला सदरमुकाम मार्तडीको खुला मंचबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति बाजुराको सभाहल अगाडी गएर सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमान सम्म आइपुगेको बताए । देशमा उपलब्धिको रक्षा एवम् संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।
नेकपाका नेता दिल कुवँरले निर्वाचन र प्रजातन्त्रबाट नै जनताको समृद्धि प्राप्त हुने कुरामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले निर्वाचनको माध्यमबाट देशमा राजनीतिक स्थिरता कायम गरी नेपालको दिगो विकासलाई सबैले प्राथमिकता दिनुपर्ने बताए ।
इतिहासले दिएको अधिकारको सदुपयोग गर्नु हामी सबैको खुसी हो प्रजातन्त्रले दिएको अधिकारले हामी सबैको भलो भएको र यसलाइ बचाउन सबैको दायीत्व भएको मालिका माध्यामिक बिद्यालयका प्राधानाध्यापक शुभराज पाध्यायले बताए ।
नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहंले पनी सहिदहरुको बलिदानीने आज आएर प्रेश स्वतन्त्रता पाएको र प्रजतन्त्रको रक्षाका लागी सबैले लाग्नुपर्ने  बताए ।
प्रभातफेरी कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला स्थित सम्पुर्ण मिडीयाका पत्रकार तथा संचारकर्मी लगायतको उल्लेख्य सहभागिता थियो ।

चर्चामा

सम्बन्धित समाचार