बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • नेविसंघ कार्यसमिति भंग–महरले पछिल्लो मिति राखेर गरेको निर्णय बदर

नेविसंघ कार्यसमिति भंग–महरले पछिल्लो मिति राखेर गरेको निर्णय बदर

  • मङ्लबार, माघ २९, २०७५
नेविसंघ कार्यसमिति भंग–महरले पछिल्लो मिति राखेर गरेको निर्णय बदर

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति भंग गरेको छ । सभापति नैनसिंह महरले नेविसंघको अध्यक्षबाट दिएको राजीनामा यसअघि नै सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका थिए ।

कांग्रेसको मंगलबार बसेको बैठकले ‘बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ’ उल्लेख छ । कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतका अनुसार नेविसंघका सभापतिले दिएको राजीनामा स्वीकृतपछि म्याद थप नहुँदा स्वतः भंग हुने जानकारी दिए ।
यस्तो छ कांग्रेस केन्द्रीय समितिको निर्णय

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

आजको बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समावधि समाप्त भइसकेको उहाँको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ फाल्गुण १ गते दिउँसो १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

चर्चामा

सम्बन्धित समाचार