सिस्नुपानीको याद
मुकुन्द्र जैशी/काठमाडाै करिब बाह्रतेर्ह बर्षको उमेर थियो। भर्खरभर्खर किशोरावस्थाको ढोका खुलेका थिए।आफ्नै जिद्दी, आफुमात्र ठिक र आफ्नो मात्र राम्रो भन्ने बानी मेरो दिनप्रतिदिन बढ्दै थियो । कसैले सम्झाए पनि नराम्रो मान्ने किन भन्यो होला, को हो त्यो भन्ने सोच मनमनै आउथ्यो। साथीहरू बटुल्ने, भकुण्डो खेल्ने ,गुलेली खेल्ने ,चराको गुड खोज्दै हिड्ने चल्लाहरु भेट्यो भने लिएर आउने,अण्डा मात्र भए काचै खाने, केही नभए […]