शुक्रबार, जेष्ठ ११, २०८१

मज्दुर (कथा)

  • शुक्रबार, बैशाख १९, २०७७
मज्दुर (कथा)

प्राय सबै जसो कल कारखानाहरुमा ताला लगाईएकोछ मज्दुरहरू काम बिहिनछन।मज्दुरहरु सँग जिवन धान्ने श्रोत औजार भनेको आफ्ना यि दुई हात बाहेक के हुँन्छर तर आज यो लाक डाउँने गर्दा त्यो पनि बन्दछ।अरु कुनै उपायापनि छैन। दिउसो को करिब एक बज्न थालेको थियो गर्मि पनि योवनमा थियो रवि घरभित्र आएर रित्तो झोला सँगै चटाईमा थच्कै बस्छ,मानौ त्यो आज अत्यान्तै थकित छ।त्यँहा स-साना बाबु र नानि खेल्दै थिए आफ्नो बाबा आएको देखेर दुबै खुसि हुँदै काखमा गएर बस्छन। मिनिले किचन बाट गिलासमा पानी लिएर दिदैँ के भयो? उदाश हुँनु हुँन्छ,हजूर त समान लिन जानुभयको होईनर?भनेर प्रश्न गर्छिन’हो..हुँनत तर ..तर के?रबिको कुरा न सिद्धिदै मिनिले आश्चार्य हुँदै सोध्छिन।त्यस्तो केहिहोईन लाला ले पहिलेको पैसा दिएपछि बल्ल समान दिन्छु भन्यो अनि रित्तै फर्किएँ’रविले मिनि तिर पिर्लुक्क हेर्दै उत्तर दिन्छ,अनि लामु सुस्केरा हाल्दै मन्टो झुकाउँछ। अब कसरी गुजारा गर्ने होत?मिनि ले प्रश्न गर्छिन,जस्को रवि सँगपनि कुनै उत्तर थिएन र उ के हि बोलेन।बच्चाहरुले भने बाबाको खोल्टिमा केहि खोजी रहेका थिए तर उन्ले केहि पनि पाउँन सकेनन् साहेद चक्लेट खोजेका होलान!उनिहरु दुबैको अनुहार मलिनो थियो यो देखेर रविले बच्चाहरु फुल्याउन-म बजार गयकै छैन गएपछि हाम्रो बाबु र नानिलाई चक्लेट ल्याई दिन्छु”भन्दै दुबैलाई छातिमा चपक्कै पार्छ।रवीको कुरा सुनेपजि ति बालखहरु शान्त हुँन्छन।रवि र मिनिको यि फुल जस्ता दुईटा शन्तान ब्रर्शौदे हुँन देख्दा पनि एकैनासे देखिन्छन।केहि बर्ष देखि रविले एउटा फेक्ट्रीमा मज्दुरी गर्दै आएको थियो। त्यसै बाट घरको गुजारा चलेको थियो तर यो कोरोनाको महा मारिपछि सरकारले लाक डाउनको घोषणा गय्रो कम्पनिहरु बन्द भए।रवी दिन गन्तिको ज्यालामा काम गर्दै आएको थियो।यस्तो अकल्पनिय अबस्था आई लाग्यो लाक डाउन को अभदि पनि सरकारले थप्यो अहिले समस्या जटिलछ।अलि अलि घरमा भयको दाम सिद्धिए पछि एउटा चिनजान भयको लाला सँग रासन उधारा ल्याएर काम चलाएको थियो।आज उस्लेपनि पहिलेको पैसा दिए पछि बल्ल अरु राशन उधारा दिन्छु नत्र सक्दैन भनेर जवाफ दियो।रवि बल्ल झसङ्ग भयो र केहि नबोलि घर फर्केको हो।उस्लाई त्यहि एकमात्र सहरा थियो।किन कि उस्ले मेरो दोकान बाट लैजा पैसा जहिले तलब मिल्छ देलाश भनेर पहिले त्यँहि बाट समान ल्याएको थियो। जब समस्या पर्छ तब मन मष्तिकमा बिभिन्न बिचारले हाँगा र बाँगा हाल्न थाल्छन।यस्तो गरेको भय हुनेथ्यो उस्तो गरेको भय हुँनन्थ्यो आदि आदि। आज रविलाई ठिक त्यस्तै भयको भान हुँन्थ्यो।सरकारले भाईर जान मात्रै रोक लागाएको छैन सबै कल कार्खानाहरु मा ताला लगाएकोछ।मज्दुरहरुले के गर्न सक्छन यो अबस्थामा अँझ परदेशी मज्दुरको त कुनै उपाएनै छैन।आफ्ना बाल बालिका हरुलाई भोकै मर्न थालेको कस्ले देख्न सक्छ। आज दुनिया भरीका मज्दुरहरुको अगाडि यस्तै जटिल समस्या आई लागेकोछ।त्यसैमा पनि हामि प्रदेशीहरुको ता कुरै नगरौँ। रविले भित्तामा अडेश लागेर मनमा अनगिन्ति यस्तै बिचार खेलाएको थियो।बच्चाहरु दुबै उसैको काखमै शान्त सँग बसेका थिए।उनिहरु लाई साहिद आफ्नो बाबाको समस्या उस्को अनुहार बाट उन्ले पढि सकेका थिए। हात धुनुश’यत्यिकैमा मिनिले लोटामा पानि टकार्दै भन्छिन।रवि मौन कुनै उत्तर दिए बिना लोटा उठाएर हात धुन जान्छ। आज रविको स्वाभाब भिन्दै थियो अनुहारमा बादल परेको जस्तो लाग्थ्यो।उस्लाई आउँनेवाला दिन संझेर त्यसबाट कसरी निस्किने त्यहि चिन्ताले सताएको हुँन सक्छ।चिन्ता नलिनुश अँझै ता रासन केहि दिनलाई छ,त्यसपछि..के त्यसपछि उस्को कुरा बिचैमा काटेर रविले प्रश्न गर्छ।केहिन केहि ता सुझ्लानी यसरी निरास भयर ता झन हमस्या बल्झिन्छ!मिनिले सम्झाउँन खोज्दै भात पस्किन्छे। दुबै जनाले एक एक बच्चा उचालेर आफु सँगै खाना ख्वाउँछन।अहिले ता ठुलो संकटनै आई लाग्यो हामिलाई! रविले फेरी उहि कुरा दौराउँन थाल्छ,उस्लाई आज त्यो लालाको बोली हृदयमा छाप लागेको झैँ भयकोछ। यो हाम्रो मात्र समस्या होईन सबै हामि जस्तो मज्दुरहरुको र अरु ठुला ठुला मैहुँ भन्नेहरुको पनि यस्तै हालत भयकोछ’मिनिले रविलाई संझाउँने प्रयास गर्छिन।अहिले यो कोविड छेहत्तरको चपेटमा को आएको होवन र?सबै यो महा मारिको सिकार भयकैछन’मिनिले थप्छे। धनिको के उनिहरु सँग त धन प्रसस्तैछ उनिहरुले आफ्नो घाटा नाफाको लेखाजोखा गर्ने हुँन तर गरिबहरुको त झन ठुलो कोरोना भोकमरि अनिकाल भयो कयौँ भोकले मरेकाछन कयौँ ले आत्म हत्या गरेकाछन।रविले मिनिको कुराको उत्तर दिन्छन। आज संसार भरीका मज्दुरहरुको एकताको खाँचो झन बढेर गयकोछ”रविले यो भन्दै आफ्नो कुराको बिट मार्छ। २४-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार