शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • युग पुरूष मदन भण्डारीको सम्झना

युग पुरूष मदन भण्डारीको सम्झना

  • शनिबार, जेष्ठ ३, २०७७
युग पुरूष मदन भण्डारीको सम्झना

एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्यस्तो अनौठो मानिस ? त्यो मानिसको नाम हो मदनकुमार भण्डारी । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय सवारी दुर्घटना भयो ।

त्यो त्यस्तो दुर्घटना थियो, जहाँ देशले जननेता गुमायो । तत्कालीन नेकपा (एमाले)का महासविच मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सो दुर्घटनामा निधन भयो । विश्वभर कम्युनिष्ट शासन पतन भइरहेका बेला नब्बेको दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक बिचारको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नुभएको थियो । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर कम्युनिष्टहरु निरंकुश होइन, लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध छन् भन्ने प्रमाणित गरिदिनु भयो । उहाँले प्रतिपादन गर्नु भएको सिद्धान्तकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सफल भयो ।

नेपालमा कम्युनिस्ट पार्टीको उपस्थितिले सँसारभरिका कम्युनिस्टहरुलाई खुशीको समाचार पठाएको थियो भने कम्युनिस्ट विरोधीहरुका लागि चिन्ताको अवस्था सिर्जना गरेको थियो । नेपाल भित्र नेपाली काङ्ग्रेसले अनुमान गरे जस्तै मुलुक बाहिरका कम्युनिस्ट र कम्युनिस्ट विरोधी दुबैले नेपालको कम्युनिस्ट पार्टी यति धेरै बलियो होला भनेर सोचेका थिएनन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा ल्याउने मान्छे, नेकपा एमालेका युवा महासचिव मदनकुमार भण्डारी खासगरेर प्रजातान्त्रिक पद्धति र मानव अधिकारको रक्षालाई मदन भण्डारीले विशेष जोड दिएका थिए ।

जनहीतका लागि राजनीतिक दलले काम गर्नु पर्ने, युवाहरुलाई काम र वृद्धहरुलाई सुरक्षा, दलीत, अपहेलित समुदायलाई विशेष सुविधाको ब्यवस्था, गाउँ विकास समिति र नगरपालिका जस्ता स्थानीय निर्वाचित निकायलाई सम्पूर्ण शासकीय अधिकार दिनुपर्ने जस्ता विषयहरु उठाउँदै उहाँले नेपाली काङ्ग्रेस जस्ता दलाल पुँजीपति वर्गका पार्टीसँग चुनावी प्रतिस्पर्धा गरेरै कम्युनिस्टहरुले शासन चलाउनु पर्छ भन्ने मान्यता प्रस्तुत गर्नुभएको थियो । विश्व कम्युनिष्ट आन्दोलनमा जनताको जनादेश मार्फत शासन व्यवस्था हातमा लिन सकिन्छ भन्ने विचारको अगुवाइ गर्ने भण्डारीले यो विचार सुन्नै नचाहने वर्गमा सुनाउनु भयो, विचारले प्रशिक्षित गर्नुभयो र व्यवहारले पुष्टि गर्नुभयो।

काठमाडाै‌को खुला मंचबाट तत्कालिन राजालाई नेता बन्ने भए श्रीपेच फुकालेर चुनावमा आउनुहोस ताकि प्रतिस्पर्धा गर्न सकियोस भन्ने उहाँको उद्घोष विश्व कम्युनिष्ट आन्दोलनको नयाँ ज्योति थियो । उहाँको ज्योतीको प्रकाश यति टाढा सम्म फैलियो कि कार्लमाक्स नेपालमा जीवित छन् भन्न विश्वशक्ति विवश भयो । त्यसैले यो दिनलाइ लोकतन्त्र बलियो भएको दिनको रुपमा लिनु पर्छ ।

जनताको सार्वभौमसत्ता मजबुत भएको दिनको रुपमा लिनुपर्छ । विचारको मृत्यु नहुने भएकाले जेठ ३ लाइ स्मृती होइन जयन्तीको रुपमा मनाउनु पर्छ । तर जयन्ती मनाउदै गर्दा भण्डारी र आश्रितको शरिर हत्या गर्नेहरुको खोजी गर्ने कार्यमा पुर्ण विराम नलागोस । अनुसन्धानमा पूर्णविराम लागेको हो कि भन्ने आशंका जनजनमा छ । सरकारलाइ कमजोर ठान्ने नागरिकहरु कानूनी शासनको दृष्टिकोणबाट राज्यको लागि चुनौतीका विषय हुन । आज पनि करोडौ नेपालीहरु दासढुंगा हत्या काण्डको रहस्य जान्न लालयित छन्।

चर्चामा

सम्बन्धित समाचार