बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • शंका उत्पन्न हुन लाग्यो, भारतले भुमि नमिचेर सरकारले बेचेको त होइन

शंका उत्पन्न हुन लाग्यो, भारतले भुमि नमिचेर सरकारले बेचेको त होइन

  • सोमवार, बैशाख २९, २०७७
शंका उत्पन्न हुन लाग्यो, भारतले भुमि नमिचेर सरकारले बेचेको त होइन

 सत्तामा पुग्नको लागि खोक्रो राष्ट्रवाद लाइ भर्याङ्ग बनायर सरकार चलाएको सरकारले आफ्नो देशको सिमा भारतले मिच्दा पनि केहि बोल्न नसक्ने सरकारको नेतृत्व असफल बनेको कुरा सारा देश ले बुझिसकेको छ ।

आज भन्दा झण्डै छ, महिना अगाडी भारतले नेपालको भुमि समेटेर आफ्नो देशको नक्सा सार्बजनिक गर्यो तर नेपाल सरकारले खरो रुपमा विरोध गर्न सकेन उल्टै आबाज उढाउने राष्टवादी नेपालीको विरोधका स्वरबन्द गर्ने काममा लाग्यो सडकमा दुइचार जना उफियर भुमि फिर्ता हुन्न भन्दै यो कुटनितिक पहल वाट मात्र हल हुने विषय हो सरकार ले भन्यो ठिक छ भन्दै कुटनीतिक पहलहोस भन्ने नै ठान्यो ।

परराष्ट्रमन्त्री ले लिपुलेकको सहितको सिमानाको अबलोकन गर्यो भन्दै सामाजिक सञ्जालमा फोटाहरु पनि देखिए तर कुनै काम गरेको देखिएन त्यसको ठीक छ महिना पछि भारतीय सरकारले पक्षले मानसरोवर जाने सडक उदघाटन गरेको तस्वीर सामाजिक सञ्जालमा आउछ अनि थाहा पाउछ त्यो पनि नेपालको भुमि बाट । अब यो सरकार को कुटनितिक पहल कहाँ पुग्यो । कतै अब संका उत्पन्न हुन लाग्यो भारतले भुमि नमिचेर केपीले बेचेको त होइन । यस्तो शंका नमान्नु पनि कसरी जहाँ त राज्य लाचार भएर मौन बसेको बेला ।

यसको विरोध सबै राष्ट्रभक्क्तहरुले आवाज उठाउँदै देश बचाउ । आजको यो समय सम्म नेकपाको सरकारलाइ पर्ख र हेर को स्थितिमा रहेर बसेको हुनुपर्छ तपाईं ले पटक पटक को एउटा चेतावनी पत्र होस वा सरकार लाइ गलत कामको सुधार सुझाव पत्रका रुपमा आवाज उढाउनु भयो । रचनात्मक सहयोग सरकारलाइ गर्नु भयो । नेपाली कांग्रेस को लोकतान्त्रिक चरित्र देखाउनु भयो त्यसमा तपाइको कामप्रति धन्यवाद छ ।

तर तपाइ हामी नेपाली कांग्रेस को लोकतान्त्रिक चरित्र को उल्टै उपहास उडाउदै नेपाल कम्निस्ट पाटी (नेकपा) नेतृत्व को सरकार ले नेपाली कांग्रेस नेतृत्वको विभिन्न आन्दोलन माथि अपमान गर्दै मुख्य देशको संविधान लाइ ल्याउने गरि देशका विभिन्न संबैधानिक अंग, सुरक्षा निकाय,जस्ता महत्वपूर्ण निकाय माथि दिनप्रतिदिन हस्तक्षेप गरिरहेको छ । यो अपमान सम्पुर्ण नेपाली जनताको अपमान हो लोकतन्त्र को अपमान हो , । अब प्रतिपक्षी पाटी नेपाली कांग्रेस ले पनि यो कुरा डिलमा बसेर हेरिरहने हो भने मात्र पनि त्यो भारतको परियोजना सजिलै सफल हुनेछ ।

अहिले का संसदीय पाटी अबिश्वासका पात्र हुनेछन अझ नेपाली भुमिमाथि पुन सत्रुराष्टले गिद्दे दृष्टि लगाइरहने छन अर्को विकल्प को खोजी हुनेछ । जिब्रो ले राम्रो संग बोल्न नसके पनी राम्रो काम गर्न सक्छन भन्नेकुरा नेपाली कांग्रेस प्रतिको आसा हो । मुख्य प्रतिपक्ष दलका नेताले यसको कुटनितिक पहल गर्ने हो देशलाइ बचाउने वरु शेरबहादुर देउवा ले सरकार नचलाउ तर देश बचाउ अनि चलाउ । नेपाली कांग्रेस ले पनि लामो समय नेपाल को सरकार चलाएकै हो यसको सानो तिनो जसअपजस लिनै पर्ने हो । यसबाट बच्न खोजेपनि बच्न सकिन्न । मित्र राष्ट्रको सम्बन्ध कायम गर्दै नेपाली काँग्रेस ले आफ्नो तर्फबाट कुटनितिक टोली तयार पारी भारतसंग बार्ता गर्न तयार हुनुपर्छ ।

भुमि फिर्ता गर्न लाग्नु पर्छ । आर्थिक बर्ष ०७७।०८७ को बजेटमार्फत् नेपालको दार्चुला को हिल्सा हुदै बिचबाट भए पनि महत्वको योजना बनाइ हिल्सा चिन सडक मार्ग निर्माण गर्नु पर्छ देशको हितमा हुने नाका खोल्न आजको आबस्यकता बनेको छ । युद्ध होइन युद नाकाबाट नै भारतसंग युद्ध हुन्छ । युद्ध संग नडराउने विरगोरखाली युद्ध लडन तयार हौ । हाम्रा पुर्खा भक्ति थापा, अमरसिंह थापा र बल्भद्र कुवँर ले लडेर जोगाएको राष्ट्र हो रणनितीक तरिकाले लड्नै पर्ने हो । भारत हाम्रो मित्र हो तर असल मित्र कहिलै बनेन । हे नेपाली हो उठ, जाग नेपाली आमाले गुहार मागिरहेको बेला आफ्नो रगत बगाउन पनि त्यार हौं । अब अति भो नेपाली आमा टुक्राटुक्रा गरि काटिदै जानुले हाम्रो शिर झुक्दै छ अब फेरि सुर्य र चन्द्रमा झै शिर उच्च पार्नलाई युद्ध लड्नै पर्ने भो ।

चर्चामा

सम्बन्धित समाचार