बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • राष्ट्रियता र स्वाधिनताकाे संघर्ष

राष्ट्रियता र स्वाधिनताकाे संघर्ष

  • बिहिबार, जेष्ठ १, २०७७
राष्ट्रियता र स्वाधिनताकाे संघर्ष
   उपेन्द्र बिष्ट

हाम्राे देशकाे दार्चुल्ला जिल्लाकाे ब्यास गाउँपालिकामा पर्ने कालापानिमाथि भारतिय बिस्तारबादले जवरजस्त रुपमा अाफ्नाे सैनिक अखडाकाे रुपमा प्रयाेग गर्दै अाइरहेकाे छ । अाफ्ना सैनिक क्याम्परु बिस्तार गैराखेकाे छ । यस्ताे बिस्तारबादि हेपाहा प्रबृतिका बिरुद्धमा नेपालि समुदायमा अाक्राेश हुँदाहुँदै सदियाै देखि अहिले सम्मका शासकहरु माैन किन छन ? जब कालापानिकाे मुद्दा उठ्दा , नेपालिकाे छातिमाथि बुट बजारिदा पनि प्रयाप्त र प्रभाबकारि कदम चाल्न सक्दैनन् ।

के नेपालका कुनै पनि शाशकहरुकाे हैसियत भारतिय शासक सरह नपुगेकाे हाे ? या भारत प्रतिकाे दलालिकरणले पराकाष्टा नाघिसकेको हाे ? कि मिचियकाे 136 किलोमिटर नेपाली भुमि बेचिएको हाे ? जनताले शासकहरुसंग स्पष्ट जवाफ मागेका छन । चिनकाे सिमानासम्म बसेका 14 अाेसणटा भारतिय सैनिक क्याम्पहरलाइ पुर्बप्रधानमन्त्रि कृतिनिधि बिष्टका पालामा हटाउन सकिने कालापानिका भारतिय सैनिक क्याम्पहरु हटाउन नसक्नुकाे कारण के हाे ? बिगत देखि अहिलेसम्मका शासकहरुकाे कमि कमजाेरि नै हाे ।

अब पनि अाफ्नाे भुमि लुटिदा जनताले सहेर बस्दैनन । जब भारतले याे मुद्दा बाहिर देखाएर खुल्लम खुल्ला दादागिरि गर्छ हाम्रो देशका शासकहरु तबमात्र भेउ पाउँछन् मलाई थाहा नै छैन भनेर पन्छिन खाेज्छन । संग संगै अमेरिकि साम्राज्यवाद भारतिय बिस्तारबाद हुँदै नेपालमा अाँखा गाड्न खाेज्छ । भारतिय बिस्तारबादि शैली सिमानामाथि मात्र केन्द्रित छैन । नेपालकाे अार्थिक , सामाजिक , भाषिक सबै हस्तक्षपमा केन्द्रित छ ।

जसकाे उदारहण हिन्दी भाषाका फिल्म नेपालमा प्राथामिकता पाउनु , नेपाली भाषाका फिल्म अाफ्नै देषमा प्राथामिकता नपाउनु हाेइन र ? गण्डकमा नेपालले भारतलाई बेचेकाे बिजुलि नेपालले त्यसकाे सस्तो दररेटमा बेचेकाे छ र त्यहि बिध्युत तेब्बर भन्दा बढि दररेटमा हामिहरु किन्न बाध्य छाै । कस्तो बिडम्बना हाम्राे देशकाे 20 किलाेमिटर नेपाली भुमिबाट बाँध बाधेर लिएकाे छ भारत सरकारले , उ सिमाना नजिकका क्षेत्रमा मात्र अाफ्नाे लगानि अत्याधिक रुपमा गर्छ यसकाे अर्थ के हाे ? अार्थिक , सामाजिक , साँस्कृतिक भाषिक क्षेत्रमा उसले अाफ्नाे बर्सच्व देखाउन खाेज्छ । राष्ट्रबादि मनहरुले यतातिर पनि ध्यान दिन अाबस्यक छ । जनतालाई झुक्याएर ढाँटेर जुन राजनैतिक शक्ति शासन सत्तामा पुग्ने गर्छ ।

त्याे शक्ति कैले लामाे समय शासन सत्तामा टिक्न सक्दैन झुटकाे खेति कहिले सम्म चल्छ । बिगतका ईतिहास हेर्ने हाे भने शासकहरु जब राष्ट्रिय अस्मिता बेच्न कालाे कर्तुत गर्न थाले जनताबाट नाङगेझार हुँदै सत्ताच्युत भएका उदारहण छन् । कालापानी बाट 12 किलोमिटर नेपालतिर बिअाेपि राखेर कालापानिकाे सुरक्षाका लागि शशस्त्र फाैज सरकारले कालापानि नजिकै पठाएको छ । याे सकनरात्मक कुरा हाे तर नेपाली दलाल संचारमाध्यामहरु अर्थात केहि राजनैतिक अन्धभक्तहरु कालापानिमै बिअाेपि भनेर प्रचारबाजि गरेकाे पनि देखियाे ।

याे दलालिकरण , चाकरी , जवरजस्त बिचाैलियापनकाे पराकाष्ठा , झुटकाे खेति नभएर के हाे । सानाे मुलुक जसले अमेरिकाकाे नाकैमुनि बसेर बिश्वमहाशक्तिशालि मुलुक अमेरिकि साम्राज्यबाद लाई ठाडाे धम्किकाे भाषा क्युबाले बाेल्न सक्ने हैसियत राख्छ भने नेपालकाे भारतिय बिस्तारबादप्रतिकाे लाचारिपन किन ? दुष्मन सानाे या ठुलाे हुदैन माेदि दुष्मन भनेकाे दष्मन नै हाे । हामी नेपालिहरु राष्ट्रिय स्वाधिनताकाे लडाइँ लड्न तयार छाै ।

न त हामी कसैकाे गुलाम बन्न चाहदनाै , कसैकाे कमैया बन्ने रहर हामीलाई छैन । हाम्रा नेपाली नागरिकहरु तिम्राे देषमा लुटिएका , हेपिएका, चेपिएका , हेर्ने रहर छैन । कुनै दिन देषलाइ माया गर्ने सरकार पनि अाउने छ । सिङदरबार र दिल्लिलाइ हाेइन । केही अामुख नेता गुलाम हाेलान सबै नेपाली गुलाम नसाेच चिनियाँ अाक्रकणकाे डरले नाथुला कब्जा जमाएर सिक्किम निल्याै तिम्रो देष र तिम्रा देषका नागरिककाे रक्षा गर्ने सेना गाेर्खालि सेना पनि हाे । अाज त्यहि देषकाे सिमामा छाति चिर्छाै । कालापानिकाे स्वार्थ संग तिम्राे सैन्य स्वार्थ अबस्य जाेडिएकाे छ ।

अाफ्नाे स्वार्थ पूरा गर्दै दुनियाँ भरका मित्र राष्ट्र संग नेपाल लाई दुश्मन बनाउन खाेज्दैछाै । नेपालमा सधै भर अस्थिरता मच्चाइरहने , जशाँ दुख्छ त्यहि प्रहार गर्ने तिम्राे नीति हाेइन र ? । यस्ता हरकतहरु हामी जस्ता सर्बसाधारण नेपालिलाइ स्विकार छैन । नेपाल सरकारले अावान गराेस 18 बर्ष पूरा भएका नेपाली नागरिकलाई सैन्य तालिम देअाेस र सिमा रक्षाका लागि नेपाली युवाहरुलाई सिमानामा पठाअाेस हामी नेपाली युबाहरु राष्ट्रिय स्वाधिनताकाे रक्षा गर्न तयार छाै । तयार रहनु पनि पर्छ ।

चर्चामा

सम्बन्धित समाचार