शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • आखिरमा यो सरकार कस्को हो ?

आखिरमा यो सरकार कस्को हो ?

  • आइतवार, बैशाख २८, २०७७
आखिरमा यो सरकार कस्को हो ?

 देश भित्र बिदेशि हस्तक्षेप हुँदापनि चुप लाग्छ,छिमेकिले अति कर्मण गरेको गृहय मन्त्रिलाई जानकारी नै हुँदैन।आति कर्मणको श्रृँख्ला त ऐतिहाशिक बनिसक्यो।अहिले भर्खरपनि नेपाली जमिनलाई प्रयोग गरेर भारतले चीनलाई जोड्ने राज मार्ग त्यैयार गर्दैछ।कम्तिमा नेपाल सरकारको सहमिति लिनुसम्म चाहेन त्यो सिदै दादागिरीनै हो।आखिर यो अहिले को सरकार कस्को हो? भन्ने प्रश्न उठेकोछ।

अर्को तिर आज देशका नागरिकहरु बिदेशको भूमिमा कष्टकर जिवन बिताएकाछन।खास गरेर छिमेकमा नेपाली हरुको दयानिय अबस्था देखिएकोछ।झनपछि झन उनिहरुको अबस्था गम्भिर बन्दै गयको प्रष्टछ। कयौँ उपचार गराउँन नेपाल देखि आएका,कयौँ सर्वसाधारण मज्दुरहरु,कयौँ तिर्थगर्न आएका लगायत हजारौ नेपालि नागरिकहरुको यँहा जिवन कष्टकर छ त्यत्ति मात्रा होईन कयौँ खान र उपचार नपाएर मरेको समाचार मिडियाहरुमा सर्वत्र भेट्टिन्छ। संसारमा कोरोना ७६को चपेटमा लाखौ लाग जनता आएका छन मर्ने र अलपत्र पर्नेहरुको संख्यापनि लाखौँको छ।यो थमेको छैन बरु संख्या दिनौ बढ्दै जानाले लाकडाउन पनि अनिश्चित छ।

भारतका कयौँ राज्यहरुले २९मई सम्म बढाई सकेकापनि छन,लाक डाउन अँझै लम्बिने देखिन्छ।नेपालमा पनि ११०जति कोरोनाको चपेटमा आएको समाचार छ। यो अबस्थामा भारतको सरकारले आफ्ना नागरिकहरुलाई बिदेशबाट आउँन चाहेकालाई बोलाएकोछ,र भिभिन्न राज्याका नागरिकहरुलाई बिशेष ट्रेन चलाएर निसुल्क उनिहरुको गाउँ सहरमा पुराउँदैछ।तर नेपालको सरकारले आफ्ना नागरिकहरु सँग सौतेला ब्यबहार गर्दै आएको देखिन्छ।अहिलेको भिषम परिस्थितिमा नेपाल सरकारले छिमेक बाट देश फर्किन चाहानेहरुलाई यथास्रिद्ध देशभित्राएर उनिहरुलाई कोरेन्टेनको ब्यबस्था मिलाउँने र बिशेष जाँच पड्ताल गरेर सिमा भित्राउँने ब्यबस्था गर्नु पर्दथ्यो तर त्यो गरेन।

भारतका लागि नेपाली दुताबाश निलम्बर आचार्याले अहिले देखाएको ब्यबहार सिदै जनबिरोधीछ।उन्ले भारतमा श्रमजिविहरु को पक्षमा कुनै काम गरेको कतै पनि सुनिएको छैन।मात्र उन्का आलोचनाले भरिएको मिडिया मा कुनै एकजनालेपनि उन्ले जनताको हेल्फ गरेको भन्दैनन्।उनको फोन उठ्दैन उठाएपनि शन्तोशजनक कुरा र काम ब्यबहार हुँदैन भन्ने तमाम जन गुनासोछ।उन्ले देखाएको गैर जिम्मेवारी का काररण कयौँ श्रमजिवीहरुले ज्यान गुमाउँनु परेको छ।यसको बारेमा नेपालको सरकारले छिट्टै छानबिन गरेर उन्लाई देश भित्र बोलाउँने र भारतमा नयाँ राजदुत्तको नियुक्ती गर्नु पर्दछ। अहिले तत्तकाल भारत बाट नेपाल जान चाहेका नेपाली हरुलाई छिट्टै नेपाल प्रवेशको बाताबर्ण तैयार पार्नु पर्ने हुँन्छ। सरकारले यसरी कुन आधारमा लाखौँ नेपालीहरुलाई आफ्नो देश जानबाट रोक्न सक्छ?उनिहरुलाई देश निकाला गरेर कस्लाई फाईदा पुग्छ?केभारत बाट जाने सबै नागरिकहरुले नै कोरोना लिएर जान्छन?वास्तबिक कुरा केहो?कोविड ७६लाई फैलिन नदिन नै प्रोटोकाल निएम बनाएकोहो तर छिमेकले त्यो नियमलाई लागु गरेन र सिदै अघोषितरुपमा सहयो नगर्ने निति अप्नायो।

अँझ तिमिहरु आफ्नो सरकार सँग माग गर भनेरपनि भनेका कुराहरु सुन्नमा आए।भारतले हाम्रा नागरिक पठाई देउ तिमिहरुका लगपनि भनेको समाचार मिडियामा आयो।यिनि समाचार कत्तिका आधिकारीक हुँन वा होईनन् त्यो छुट्टै बिषयहो।तर देशका जनताहरुको रक्षा त्यहिदेशको सरकारले गर्नु र गराउँनु प्रनेहुँन्छ।भारत स्थित नेपालीहरुको मागपनि त्यहिनै हो।देशका जनताले हामि आफ्नै देशमा गएर मर्न चाहान्छौँ भन्दा सरकारले कुन हैसियतले रोक्न मिल्छ?देशको प्रधान मन्त्रि र देशको नागरिकमा के अन्तरछ देशको लागि कुनैपनि नागरिकलाई आफ्नो मात्रृत्वभुमि मा जान कुनै सम्बैधानिक रोक हुँदैन।भारत स्थित नेपाली अप्राधी होईनन् श्रमिक हुँन आफ्नो देशमा रोजगार नमिल्नाले आर्काको देशमा मज्दुरी गरेर भयपनि आफ्नो देशलाई गुलाम हुँन नदिन सदियौँ लड्दै आएका विर नेपालीहरुलाई सरकारले कुन नीतिले रोक्न सक्छ?जनताले त्यहि उत्तर खोजेकाछन।

भारतमा लाकडाउन पछि कयौँ नागरिक मरेकाछन जस्को डैथ बाडि ले नेपाली माटो पाउँन सकेन।कयौँका आफन्ती सिरियस छन भेट गर्न सकेका छैनन्,कयौँ उपचार गर्न आएका अस्पत्ताल मा भर्ति गराउँन सकेका छैनन्।एउटा रुम मा तिस चालिस जाना सम्म कोचा कोच गरेर बसेकाछन।बिहान साँझ मा खान नपाएर दिउसो एकटाईम खाएर बसेका मिडियामा रुन्छन,परिवार स-साना बालबालिकाहरु लाई लिएर भोकै प्यासै बसेको अबस्थामा कयौ सँगठनहरुले हेरदेख गरेकाछन।

यदि भारतमा संगठान नभयको भय अहिले हजारौँको सख्यामा लावारीस लाश को जनम हुँने थियो।यस्तो कहालि लाग्दो अबस्थामा भारत स्थित राजदुत्तको बयान आउँछ भारमा कुनै आपत बिपतनै छैन यँहा यदि कसैलाई त्यस्तो छ भने हाम्रो हेल्पलाईनमा फोन गर्नुश निसुल्क सेवा गर्छौ।”असलमा उन्को हैल्पलाईन नम्बर उठ्दै उठ्दैन उनि गैर जिम्मेवार हुँन उनलाई श्रमजिवीहरुको समस्या सँग कुनै सरोकार छैन भन्नेकुरा प्रष्टछ।

नेपाली सरकारले निलम्बर आचार्यालाई राज दुत बनाएर भारतमा रहेका नेपालीहरुको बिचिल्लि र उनिहरु भोकले मरेको तमासा हेर्न पठाएको होकी?उन्लाई बिमार भयदेखि मर्दा सम्म फोन गर्दापनि फोन उठेन।बिमारी मरिसके तरपनि उन्लाई कुनै पछुतो छैन।सरकार कृपया गरेर उन्लाई फिर्ता बोलाउ र जनताहरुको थोरै मायाँ छभने स्वदेश फर्किन चाहाने जनताहरुलाई स्वदेश जाने बाताबर्ण तैयार पार।भारतमा अहिलेपनि स्वातफुर्त रुपमा रहेका सामाजिक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज लगायत कयौँ संगठन र उनका कार्याक्रताहरुले जसर तसरी जनताको समस्या सँग एकाकार भयर उनिहरुको सहयोग गर्दैछन।तर कतिदिन गर्न सक्किन्छ?यो सरकारले गर्ने काम हो जो निकम्मा भयपछि जनताहरुले दुख पाएकाछन। अँझैपनि सरकारले नागरिकहरुलाई यथास्रिद्ध देश भित्राउँन पहेल गरोश।

अन्याथा जनताको स्रबको बाँध टुट्न बेरगर्दैन।यदि यो सरकार नेपालि जनताको हो भने राष्ट्रियता र जनतन्त्रको र जनजिविकाको पक्षमा अँघि बढोश।सरकारले भारत स्थित नेपालीहरुलाई देश भित्राओश ताकि दिनौदिन भोक रोग र सोकमा नेपाली श्रमजिविहरुको ज्यान जानबाट जोगियोश।

चर्चामा

सम्बन्धित समाचार